बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ नागस्वतीमा दोस्रो नागस्वती भेट्रान्स राष्ट्रिय रनिङ शिल्ड एट ए साइड फुटबल प्रतियोगिता सूरु हुने भएको छ ।

असोज १६ गते मंगलबारदेखि नागस्वती खेल मैदानमा ४० वर्ष माथी उमेर समूहका खेलाडीहरुको विशेष सहभागिता रहने गरि उक्त प्रतियोगिता केहिबेरमा सूरु हुने भएको हो ।

प्रतियोगितामा १६ क्लबहरुको सहभागिता रहेको छ भने
आज ४ समुह विच खेल हुने छ।

पहिलो खेल सानो गौचरन भेट्रान्स काठमाण्डौ र जोरपाटी भेट्रान्स काठमाण्डौ बिच हुने छ।

त्यस्तैगरी दोस्रो खेल चितवन भेट्रान्स र सिमरा भेट्रान्स बिच हुनेछ।
दिउँसो ३ बजे कार्यक्रमको उद्गघाटन हुने छ।
सोही समयमा आयोजक टिम नाग्स्वती भेट्रान्स र एन जे जे वाइसी भेट्रान्स सिमरा बिच हुने छ।

बुधाबार पनि ४ समूह बिच हुनेछ भने एफ सि सिलिङ भेट्रान्स काठमाण्डौ र पशुपती भेट्रान्स हेटौडा बिच हुने नाग्स्वती भेट्रान्स क्लवका सचिव सान्ता गौतम प्रदीपले बताए।

खेल प्रतियोगितामा फाइनल गेममको विजेता समुहले नगद २ लाख १ हजार र उपविजेतालाई एक लाख १ हजार नगद सहित शिल्ड पुरस्कार प्राप्त गर्ने छन् ।

तीन बर्ष अघि स्थापना भएको क्लवले पहिलो वर्ष आयोजना गरेको प्रतियोगितामा उपाधी हासिल गर्न सफल समेत भएको हो ।

खेल प्रतियोगिताले पूर्व खेलाडीहरुको मनोवल उच्च राख्न सहयोग पुग्ने क्लवका अध्यक्ष सोम बहादुर तितुङ्ले बताए ।