मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नम्बर–५ पावसका सन्तलाल माझीको मृत्यु भएको छ ।
बिहीबार राती करिब ९ बजेको समयमा घर नजिकै बाख्रा खोरमा जाँदै गरेका माझी हात्तीको आक्रमणमा परेका थिए ।
घाइते भएका माझीलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्याइएको थियो भने उपचारको क्रममा माझीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिए अनुसार यसअघि गत सोमबार मकवानपुरको मनहरी गाउँपालिकामा पनि एक महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
मनहरीको मसिनेमा जंगली हात्तीको आक्रमणमा परी घाइते भएकी मनहरी –४, मसिनेको ६४ वर्षकी राधा अधिकारी उपचारको क्रममा चितवनको नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो ।
गएको बुधबार राती हेटौंडा–१८, मानेडाँडामा ३० वर्षीय देव वाईबा पनि जंगली हात्तीको आक्रमणमा परेका छन्।
मकवानपुरका बिभिन्न स्थान र हेटौंडा आसपासमा जंगली जनावरको आक्रमण बाट जनता मरिरहदा सुरक्षाको जिम्मेवारी कसको ? कहिले सम्म जनता मर्ने ? जिउ धनको सुरक्षातर्फ सम्बन्धित निकाय गम्भीर हुनु जरुरी छ, भन्दै बिभिन्न व्यक्तीहरुले सामाजिक सञ्जालमा आफ्ना भनाईहरु लेखिरहेका छन् ।














प्रतिक्रिया दिनुहोस्