हेटौंडा उपमहानगरपालिका–४पारिजातपथमा रहेको शिव शिखर बहुद्देश्यीय सहकारी संस्था लि. मा तल्चा लगाएर सञ्चालक फरार भएको भन्दे बचतकर्ताहरु आक्रोसित भएका छन् ।

 

बिभिन्न व्यक्तीहरुले सहकारीले आफ्नो रकम खाएर भागेको भन्दै संस्थाद्धारा सञ्चालित गार्डेन मार्टमा प्रवेस गरेका हुन् ।

सहकारी बन्द गरेर सञ्चालक फरार भएपछि करोडौं रुपैयाँ बचत जोखिममा परेको भन्दे बचतकर्ताहरुले गुनासो गरेका छन् ।
बुधबार सहकारीको कार्यालयमा चल्ती खातामा रहेको रकम झिक्न आएपछि कुनै बिदाको दिन नभएपनि ढोकामा ताल्चा लगाएको देखेपछि आन्दोलन गरेका हुन् ।

हेटौंडामा १६ औं शाखाका रुपमा करिब ३ करोड रुपैयाँको लागतमा २०७७ पुष ६ गते डिपार्टमेन्ट स्टोर पनि सञ्चालन गरेको हो।

घरायसी, खाद्यान्न, इलेक्ट्रोनिक्स, कपडा, पेय पदार्थ लगायतका वस्तु बिक्री हुने गरेको छ भने सहकारीको ढोका बन्द भएपछि बचतकर्ताहरूले मार्टमै प्रवेस गर्दै घेराबन्दी गरेका थिए ।

सहकारीमा आवद्ध व्यक्तीहरुको फोन स्वीचअफ रहेको बचतकर्ताहरुले बताए ।

सबै भागिसके भन्ने सुन्नमा आएको रआफुहरु पिडित भएको उल्लेख गरे ।

बचतकर्ताका अनुसार सहकारीमा करोडौं रुपैयाँ बचतमा रहेको  बताइरहेका हुन् ।

मार्टमा कार्यरतहरुले यस विषयमा केही जानकार िनभएको बताइरहेका छन् भने पिडित बताउने व्यक्तीहरुको दवावपछि मार्ट बन्द गरिको हो ।
बन्द गरिएको मार्टको चावी सहित पिडित बताउनेहरु र मार्टमा कार्यरतहरु जिल्ला प्रहरी मकवानपुर पुगेका छन् ।

 

बचतकर्ताहरुले बताए अनुसार पहिला पनि बचत फिर्ता मागेको र करिब एक महिना अघिपनि ढोकामा ताल्चा लगाएर  जिल्ला प्रहरी मकवानपुरमा एक महिनाभित्र बचत रकम फिर्ता गर्ने सहमति भएपछि पुनः खोलिएको थियो । रकम फिर्ता गर्ने सहमतिको समय सकिएसंगै हाल सञ्चालकहरू फरारछन् ।