कात्तिक शुक्ल प्रतिपदाका दिन आज मिथिलामा ‘गोधन’ पर्व मनाईंदैछ ।
धनुषा महोत्तरीसहित मिथिला क्षेत्रमा परिवारका घरमूली महिला एक ठाउँमा जम्मा भइ मङ्गल गीत गाउँदै यो पर्व मनाउने परम्परा छ ।
मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा यो पर्व मैथिल परम्परा बनेको छ । सामान्यतया यमपञ्चक अर्थात् तिहार पर्व पाँच दिनको हुन्छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्मलाई यमपञ्चक भनिन्छ ।तर यसपालि तिथिको घटबढले छ दिनसम्म पुगेको छ ।
गोेधन पर्वमा गाईको गोबरले लिपेर पवित्र बनाइएको चतुष्कोणभित्र गोबरकै मानव आकृति बनाएर धान, सिन्दूर, फूल, दुबो र पिठार अर्थात् पानीमा घोलिएको अरवा चामलको पिठोले पूजा गर्ने गरिन्छ ।
मिथिला क्षेत्रका साहित्यकार डा। राजेन्द्र विमलका अनुसार गोवद्र्धन पूजालाई नै मिथिलामा ‘गोधन’ भन्ने गरिएको छ ।























प्रतिक्रिया दिनुहोस्