Rato Samachar
Fri, 4 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाज

पूर्वराजपरिवारका तीन गाडी प्रदर्शनमा

पूर्वराजपरिवारले प्रयोगमा ल्याएका तीन सवारी नारायणहिटी दरबार सङ्ग्रहालयमा सर्वसाधारणका लागि प्रदर्शनमा राखिएको छ । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले आज पूर्वराजा त्रिभुवन र महेन्द्रले प्रयोग गर्नुभएका तीन सवारी सर्वसाधारणले हेर्न पाउने गरी आज खुला गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले पूर्वराजपरिवारले प्रयोग गरेका सबै सामग्री क्रमश ः प्रदर्शनीमा राख्दै जाने नीति रहेको जानकारी दिनुभयो । समितिको अध्यक्षसमेत रहनुभएका सचिव न्यौपानेले सङ्ग्रहालयलाई थप व्यवस्थित बनाउन प्रदर्शनयोग्य सामग्रीलाई क्रमशः सर्वसाधारणले हेर्न सक्नेगरी राखिने प्रतिबद्धता जनाउनुभयो । सङ्ग्रहालयले पूर्वराजा त्रिभुवनले प्रयोग गर्नुभएको बा अ २ र नम्बर नखुलेको अर्को फोर्ड कम्पनीको गाडी पनि सार्वजनिक प्रदर्शनीमा राखिएको छ । दुवै गाडी फोर्ड कम्पनीका भएको समितिले जनाएको छ । बा अ २ नम्बरको गाडी त्रिभुवन र उहाँको परिवारले प्रयोगमा ल्याउनुभएको समितिका सूचना अधिकारी बुद्धिबहादुर गुरुङले राससलाई जानकारी दिनुभयो । अर्को पिकअप गाडी भने पूर्वराजा त्रिभुवनले सिकार खेल्न जाँदा प्रयोग गर्नुहुने जानकारी पनि समितिले दिएको छ । यसैगरी पूर्वराजा महेन्द्रले प्रयोग गर्नुभएको बा१च २६६३ नंको गाडी पनि सार्वजनिक गरिएको छ । अस्टिन प्रिन्सेस कम्पनीको मोडेल १९६३ यो गाडी पनि अबदेखि सर्वसाधारणले हेर्न पाउने भएका छन् । यही मोडलको कार बेलायती राजप्रासादमा पनि रहेको जानकारी प्राप्त भएको पनि उहाँले बताउनुभयो । तीनैवटा गाडीमा भौतिक तथा यान्त्रिक अवस्था जीर्ण रहेकामा भौतिक मर्मत एवं रङरोगन गरिएको छ । यान्त्रिक अवस्था भने अझै जीर्ण रहेको सूचना अधिकारी गुरुङले बताउनुभयो । विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएसँगै नारायणहिटी राजदरबारलाई सङ्ग्रहालयका रुपमा स्थापित गरिएको हो । दरबारको मुख्य भवनमा रहेका ४७ कक्षमध्ये ३० कक्ष सर्वसाधारणले हेर्नसक्नेगरी खुला गरिएको छ । बाँकी १७ कक्ष पनि अध्ययन अनुसन्धान गरी खुला गर्ने तयारीमा समिति लागेको छ । ७५४ रोपनी क्षेत्रफलमा फैलिएको नारायणहिटी दरबार क्षेत्रमध्ये सङ्ग्रहालयले करिब ५११ रोपनी भाग ओगटेको छ । दरबार क्षेत्रको करिब २४३ रोपनी क्षेत्रफलमा भने अहिले पनि नेपाली सेना बसिरहेको छ । नेपाली सेनाले ओगटेका क्षेत्रमा पनि केही ऐतिहासिकस्थल रहेकाले सङ्ग्रहालयले प्रदर्शनमा राख्न खुला गर्नुपर्ने माग गर्दै आएको छ । –––
–––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

हेटौंडा फुटबल एकेडेमीले फाइनल प्रवेशका लागि लाङ्जिङ ब्वाजसंग भिड्दै

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

सीतादेवी स्मृति फुटबल प्रतियोगिता, भोलि हेटौंडा फुटबल एकेडेमीले सिक्किम पुलिसको सामना गर्दै

हेटौंडामा ग्राण्ड व्यूटी एक्सपो हुँदै

लोकप्रिय



भर्खरै

रसुवा बाढीबाट सकुशल फर्किएका हेटौंडा–१५ का दुई युवालाई स्वागत

भोटेकोशी बाढीपीडितका कांग्रेस बागमतीद्धारा १० लाख ६६ हजार सहयोग

‘पार्वती’ पहिलो कमाई भोटेकोशी बाढी पीडित सरकारी उद्वार कोषमा

रसुवा बाढीपीडित प्रभावित: सहयोग संकलन अभियानमा हेटौंडा उपमहानगरका टोल विकास

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology