थाहा नगरका मेयर लवशेर बिष्टले राजीनामा दिएका छन् । बिहीबार दिउँसो मेयर बिष्टले उपमेयर खड्ग गोपालीसमक्ष राजीनामा दिएका हुन् । आसन्न निर्वाचनका लागि पार्टीको चुनाव प्रचारप्रसारमा लाग्न आचारसंहिता बाधक भएकोले राजीनामा दिएको नगरप्रमुख बिष्टले बताएका छन् ।
नगरप्रमुख पदमा रहेर पार्टीको कार्यक्रममा हिड्न आचारसंहिताले नदिएका कारण राजीनामा दिइएको हो । माओवादी केन्द्रका आधिकारिक उमेद्वार बिष्णु बिष्ट आदर्शलाई आगामी बैशाख ३० मा हुने निर्वाचनमा जिताउनका लागि उनले चुनावी सभामा सम्बोधन गर्नेछन् ।
थाहा नगरका मतदाताले पुन लवशेर बिष्टलाई नै नगरप्रमुखमा जिताउने बताइरहेको भएपनि बिष्टले एक कार्यकाल मात्र काम गर्ने भनेर दोहो¥याएनन् । ५ बर्ष कार्यकालमा थाहानगरको विकासमा ठुलो फड्को मारेको बर्तमान नेतृत्वलाई नै जनताले पुन जिताउन खोजेका थिए ।
थाहानगर वित्तीय समानीकरण अनुदान प्रयोजनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय सरकारको गरेको कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट र बेरुजु फछ्र्यौट गर्ने विषयमा पनि देशकै सर्वोत्कृष्ट स्थानीय तह हो ।
समाचार प्रहर खबरबाट














प्रतिक्रिया दिनुहोस्