बागमती प्रदेशको राजधानी हेटौंडामा पञ्चबर्षीय बिराट महायज्ञको तयारी पुरा भएको छ ।

नयाँ बर्ष शुभकामना सहित हेटौंडा स्थित राप्तीतको छेउमै रहेको गोरक्षेश्वर धाममा प्रत्येक पाँच वर्षमा आयोजना हुँदै आएको महायज्ञको तयारी गरिएको हो ।

महायज्ञ अन्तर्गत महायज्ञ २०६० , २०६५ , २०७०, २०७५ हुँदै पाँचौं संस्करण वैशाख २० सुरे हुने भएको महायज्ञ २०८० श्री गोरेक्षेश्वर विकास समितिका अध्यक्ष एवं संरक्षक अजयराज सुमार्गीले बताए ।

 

सुमार्गीले बताए अनुसार गोरक्षेश्वर क्षेत्र विकास समिति परिसरमा हुने महायज्ञ वैशाख २० गते बिहान ७ बजे शङ्ख, घण्ट , खैजडी भजन , डाण्गिया नृत्य, झाँकीसहित अभुतपुर्व अलौकिक शान्तिशोभा कलशयात्रा हुने छ ।

यसवर्ष २५ हजार नारीहरुलाई एकै प्रकारको साडी वितरण समेत गरिएको छ भने ५ बर्षमा लाग्ने गरेको पञ्चबर्षीय बिराट महायज्ञ २६ गतेसम्म चल्ने सुमार्गीले बताएका हुन् ।

महायज्ञमा लिने भन्दा पनि दिने महायज्ञ भएको उल्लेख गर्दै लोपोन्मुख हुँदै गएको धर्म संस्कृति र परम्परा जोगाउन महायज्ञले महत्वपुर्ण भुमिका खेल्ने विश्वास रहेको बताए ।

महायज्ञमा लिने भन्दा पनि दिने महायज्ञ भएको उल्लेख गर्दै लोपोन्मुख हुँदै गएको धर्म संस्कृति र परम्परा जोगाउन महायज्ञले महत्वपुर्ण भुमिका खेल्ने विश्वास रहेको बताए ।

सुमार्गीले जानकारी दिए अनुसार महायज्ञ अनन्तः श्रीविभुषित स्वामी कमलनयनाचार्यको प्रमुख संरक्षकत्व र वैदिक दर्शनका व्याख्याता अग्निहोत्री डा.सीताराम खनालको अभिभावकत्वमा सञ्चालन हुने छ ।

गोरक्षेश्वर मन्दिर राप्ती तटमा आयोजित महायज्ञमा सहभागी हुन सबैमा अनुरोध गरिएको छ ।