बैंकको चर्को व्याजदरले मारमा परेको भन्दै व्यवसायिहरुले आवाज उठाईरहेका छन् ।

व्यवसायीहरुले व्यवसायका लागी स्तर अनुसार लघुवित्त, सहकारी,बैंक लगायतका स्थानबाट ऋण लिएरै व्यवसाय गरेको अवस्थामा बैंकले ज्यादती गरेको भन्दै आइरहेका हुन् ।

बैंकले एक्कासी व्याजदरमा वृद्धि गर्दा व्सायिहरुको अवस्था नाजुक बन्दै गएर डिप्रेसनको खतरा संगै आत्महत्याको अवस्था आएपनि वेवस्था गरिएको व्यवसायीहरुको आरोप छ ।

यसैक्रममा मकवानपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष पवन कुमार शाक्यले बैंकले वृद्धि गरेको व्याजदर घटाउनु पर्ने बताएका छन् ।

शुक्रबार हेटौंडा १० बैंकरोडमा अध्यक्ष सहित टोली व्यानरसहित धर्ना दिंदै बैंकले वृद्धि गरेको व्याजदर घटाउनु पर्ने बताएका हुन्।
संघको वरिष्ठ उपाध्यक्षमा गोपीलाल विक, महासचिव निवर्तमान अध्यक्ष केशव रसाइली लगायत सदस्यहरुको उपस्थिति रहेको थियो ।