मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १३ का जगत बहादुर सुनार जग्गा फिर्ता गराई पाउँ भनि अपिल गरिरहेका छन् ।
हेटौंडाको बुद्धचोक नजिकै कालो व्यानर सहित ११ कठ्ठा १६ धुर जग्गा फिर्ताको माग गर्दै गएको कार्तिक 27गते देखि  धर्ना दिएर अपिल गरीरिहेका हुन् ।

आफ्नो बाबु पदमलाल  सुनारको नाममा हेटौंडा–१३ पदमपोखरीको ११ कठ्ठा १६ धुरजग्गा २५ बर्ष अघि२०५४ सालमा नियमराजसंग दृष्टिबन्धकी भनेर ५० हजार रुपैयाँ ऋण लिएर दृष्टि बन्धक रोक्का राख्ने भनिएपनि जग्गा राजीनामा लिखत गरी जग्गा खाइदिएको जगत बहादुरको आरोप छ ।

तत्तकालिन समयमा व्यवसायी शाक्यले दृष्टिबन्धकीको नाममा आफु र आफ्नो बाबु पदमलाललाई जालझेल गरेर जग्गा राजिनामा पत्रमा हस्ताक्षर गराएकाले न्याय मागिरहेको बताइरहेका हुन् ।

ऋण चुक्ता गरेर जग्गा फिर्ता लिन खोज्दा शाक्यले बारम्बार झुक्काइरहेको र १० साउन २०५९ सालमा जग्गा राजिनामा भएको थाहा पाएको जगत बहादुर बताउछन् ।

उक्त ऋण वापदको रकम र ब्याजसहित फिर्ता लिएर जग्गा फिर्ता माग्दा पनि जग्गा फिर्ता दिन नमानेर पिडित भएको बताए ।

यसै  शनिबार यसै विषयमा भेलाहुदै  हेटौंडा १३ पदमपोखरी श्री पबित्र टोल बिकास संस्थामा बिभिन्न टोलका स्थानियहरु र जनप्रतिनिधि भेला भएर पिडितले न्याय पाउनुर्पे बताएका छन् ।
जगत पक्षले जग्गा बन्दगी भन्ने र नियमराज पक्षले जग्गा किनेको भन्दै गर्दा विवादमै अल्झिरहे पनि बिभिन्न समयमा जग्गा फिर्ता गर्ने आश्वासन दिँदै आएर हालसम्म पनि जग्गा  फिर्ता नगरेको र अहिले अदालतमा सो मुद्दा चलिरहेको बताउदै कागजी प्रक्रियामा आफुहरु माथिपर्ने गरि व्यवहारिक तर्फ भने  जगतबहादुर माथि जालझेर गरेको देखिएको छिमेकीहरुले बताइरहेका हुन् ।

जग्गा दृष्टिबन्धकीको नाममा अरुको पैतृक सम्पत्तिमा नजर लगाउन नमिल्ने र जगतले न्याय पाउनुपर्ने बताउछन् ।

पछिल्ले समयमा जगतबहादुर न्ँयाय चाहियो भन्दै ज्ञापनपत्र सहित हेटौंडा उपमहानगर, जिसस, बागमती प्रदेशसमाजिक विकास मन्त्रालयमा समेत पुगिसकेका छन् ।
पिडत भएको भन्दै न्याय मागिरहदा हेटौंडा उपमहानगरपालिकाको मेयर मीना कुमारी लामा, सिडियो, प्रहरी र नगर प्रहरीहरु भएर धर्ना नबस्न दवाब दिएको भन्दे दुखेसो व्यक्त गरेका छन् ।

 

 

न्यायको माग गर्दै धर्ना चलिरहेपनि  मंसिर ४ मा तोकिएको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा राजनिति दलदेखि बिभिन्न व्यक्तीहरु गरिब, निमुखा जनताको जीवनस्तर परिवर्तन गर्ने प्रतिवद्धता सहित उम्मेदवारहरु त्यही सडको बाटोबाट  प्रचारमा व्यस्त रहेका थिए ।

निर्वाचनलाई मध्यनजर गर्दै केही दिनका लागि धर्ना कार्यक्रमलाई स्थगित गरेका थिए नै निर्वाचन सम्पन्न पछि पुनः जगतबहादुर सहितले धर्ना दिइरहेका नै छन् ।
बागमती प्रदेशको राजधानी हेटौंडाको मुख्य चोकमै यसरी धर्ना बसिरहदा सहजी करणमा किन जोड नदिएको ? भनि गरिएको प्रश्नमा हेटौंडा उपमहानगरपालिकाका उपमेयर एवंम् न्यायक समिति संयोजक राजेश बानियाले मुद्धा न्यायलय सम्म पुगेकाले यसमा आफुहरु बोल्न नमिल्ने बताएका थिए ।

तर पनि दुबै पक्षलाई बोलाएर छलफल गरि सहजिकरण गर्ने बताएपछि अनुरोध सहित फोन गरेर संयोजक राजेश बानियाले बोलाउदा स्वास्थ्य ठिक नभएको र जगतको माग के हो बुझेर आफुलाई जानकारी गराउन भन्दै नियमराजले फोन काटेका थिए ।

बागमती प्रदेशको राजधानी हेटौंडाको मुख्य चोकमै नागरिकहरु केही माग गर्दै धर्ना बसिरहदा पनि चासो नै बन्न सकेको छैन । यस विषयको अपिलको किनारा आजसम्म लागेको छैन।
न्यायको माग भन्दै धर्नामा बसिरहदा चासो कसको हुनुपर्ने ? विगत २५ वर्ष देखिको जग्गा विवाद समस्या समाधान कहिले हुन्छ ?