हेटौंडा । विश्वप्रसिद्ध विद्युतीय सवारीसाधन ब्रान्ड ‘याडिया’ले हेटौंडामाआफ्नो नयाँ अधिकृत ३एस (विक्री, मर्मत सेवा र स्पेयर पाट्र्स) शोरूम ‘इभो भोल्ट्स सिटी’ सञ्चालनमा ल्याएको छ । बुधबार हेटौंडा–१०, स्थित टीसीएन रोडमा बुधबारबाट औपचारिक रूपमा सेवा सुरु गरेर आफ्‌नो नयाँ शोरुपमको उद्घाटन गरेको छ ।

बुधबारबाट नयाँ शोरूम सञ्चालनसँगै ग्राहकहरूले एकै स्थानबाट नयाँ याडिया स्कुटर खरिद, मर्मत सेवा र मौलिक स्पेयर पाट्र्स प्राप्त गर्न सक्ने भएका शोरुपमको सञ्चालकले बताएका छन् । हेटौंडा–१० का वडाध्यक्ष फूर्वादोर्जे लामा, मकवानपुर उद्योग वाणिजय संघकी महासचिव प्रतिमा श्रेष्ठ, र रत्न माया शाक्यले संयुक्त रुपमा शोरुमको उद्घाटन गरेका हुन् ।

याडिया नेपालका प्रतिनिधिले शोरूम उद्घाटन गर्दै हेटौंडामा इभो भोल्ट्स सिटीमार्फत सेवा विस्तार गर्न पाउँदा अत्यन्त खुशी लागेको बताएका छन् । यस शोरूमले ग्राहकहरूलाई अझ गुणस्तरीय सेवा प्रदान गर्नेछ र नेपालको विद्युतीय सवारी बजारलाई दिगो दिशातर्फ अघि बढाउने बताएको छ ।

यसैविच संचालक रमन शाक्यले अहिलेको अवस्थामा कैयौँ युवाहरु बिदेश पलायन भइरहेको अवस्थामा देशमै केही गरौं गरौं भन्ने सोच सहित शोरुम मार्फत आधिकारिक बिक्रेताका रुपमा आएको बताए ।
इभिमा धेरै ब्राण्डहरु आउने जाने नटिक्ने भएको अवस्थामा यस कम्पनीको जानकारी लिदा यो विश्वासीलो पाएको संचालक शाक्यको भनाइ छ ।
‘याडिया’ले दिएको सेवा र यसको स्कुटीमा हरेक कुरा गुणस्तरीय भएको बताए ।

सहजै पार्टस पाइने, एकपटकको चार्जपछि ११० किमि चल्ने जानकारी दिए ।
सेवा र शर्भिसमा सहज वारेण्टीका कुरा सहजै पार्टस पाइने भएकाले विगत १० वर्षदेखि बिभिन्न व्यक्तीहरुको मन जितेको  ‘याडिया’ ब्रान्डका स्कुटरहरू विश्वका विभिन्न देशमा लोकप्रिय  रहेको उनको भनाई छ ।

वातावरणमैत्री प्रविधि र आकर्षक डिजाइनमा आधारित यी स्कुटरहरू नेपालमा समेत ग्राहकहरूको रोजाइमा पर्न थालेका छन ्।‘इभो भोल्ट्स सिटी’ले हेटौंडा तथा आसपासका ग्राहकहरूलाई नयाँ शोरूममा स्वागत गर्दै, याडियाका नवीनतम विद्युतीय स्कुटरहरूको अवलोकन र परीक्षण गर्न आमन्त्रण गरेको छ ।

रातो समाचार संवाददाता
थप जानकारी