हेटौंडा । मकवानपुर  प्रहरीले प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी बसपार्कको संयुक्त टोलीले बुधबार हेटौंडा-७ का     २८ वर्षीय संजिव राज थिङ  र हेटौंडा-१४ की मनिषा थिङ  लाई पक्राउ गरेको हो।

प्रहरीले खानतलासी गर्दा उनीहरूको कोठाबाट बिक्रीका लागि तयार १४ ग्राम ५२० मिलिग्राम हेरोइन  पदार्थ र डिजिटल तराजु बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले निजहरूलाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको छ।

रातो समाचार संवाददाता
थप जानकारी