हातहतियार तथा लागूऔषधसहित पक्राउ परेकालाई प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजानिक गर्दै ।

‎हेटौंडा । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरीले चाइनीज हातहतियार र ठूलो परिणामको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरेन्द्रनगर नगरपालिका वडा नम्बर–८ का २३ वर्षीय विधान शाही र २२ वर्षीय आदित्य घिमिरेलाई पक्राउ गरेको छ । शुक्रबार प्रहरी कार्यालय सुर्खेतमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुलाई सार्वजानिक गरेको प्रहरी उपरीक्ष सुधीरराज शाहीले जानकारी गराएका छन् । वीरेन्द्रनगर–८ स्थित कृष्ण मन्दिर नजिकैको एक घरबाट उनीहरूलाई पक्राउ गरेको प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताए । उनीहरुका साथबाट एक थान सेमी–अटोमेटिक चाइनिज पेस्तोल, सोही पेस्तोलमा लाग्ने दुई थान म्यागजिन र १२ राउन्ड गोली बरामद गरेको उनले बताए ।

यस्तै, फरकफरक आकारका चार थान खुकुरी, दुई थान चक्कु, एक थान बन्चरो र एक थान स्टिल स्टिक पनि बरामद गरेर प्रहरीले कार्यालयका सार्वजानिक गरेको छ । प्रहरीले ठुलो परिमाणमा लागूऔषध समेत बरामद गरेको छ । ‎जसमा १४ सय २६ ट्याब्लेट ट्रामाडोल तथा नाइट्राजेपाम र प्रतिवन्धित वन्यजन्तु जरायोको सिङ एक थान पनि बरामद गरेको जिल्ला प्रहरी बताइएको छ । एक स्थानीय व्यक्तिले प्रहरी कन्ट्रोल रुममा आएर आफ्नो टोलमा केही शङ्कास्पद गतिविधि भइरहेको र केही युवाहरूले लागूऔषधको कारोबार तथा हतियार बोकेर हिँड्ने गरेको सूचना दिएकाले उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

रातो समाचार संवाददाता
थप जानकारी