कृतिका हुमागाईं ।

हेटौंडा । हेटौंडा-२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको  सिद्धार्थ बाल समूह पुनर्गठन गरिएको छ । शुक्रबार विद्यालयमा भएको एक भेलाले कृतिका हुमागाईंको अध्यक्षतामा २० सदस्य नयाँ कार्यसमिति गठन गरेको छ । नयाँ कार्य समिति गठनसँगै आगामी कार्यकालमा प्रभावकारी गतिविधि सञ्चालन हुने विद्यालयले विश्वास व्यक्त गरेको अध्यक्ष हुमागाइले बताएकी छिन् । कृतिआ हुमागाईं सिद्धार्थ माविको कक्षा-११ मा शिक्षाशास्त्र विषय अध्यनरत छात्र हुन् ।

समूहको उपाध्यक्ष  करुणा दाहाल, कोषाध्यक्षमा स्वेच्छा गौतम, सचिवमा युनिशा खतिवडा र सहसचिवमा रिजन अर्याल चयन भएका छन् । सदस्यहरूमा  कल्पना राई, स्वरूपा पुडासैनी, रिहाना कडेल, अन्जली गौतम, आयुस रुम्बा, सफल भट्ट, हार्दिक पण्डित, प्रतिक्षा विश्वकर्मा, सरिश्मा देवकोटा, स्वरूपा गुरागाईं, अनुष्का यादव, प्रिती गोले, उन्नति अर्याल, एन्जिला बल र समृद्धि अर्याल चयन भएका छ्न् ।

समूह पुनर्गठनका अवसरमा सम्पर्क शिक्षक प्रतिमा गौतमले संयोजन र सहजीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै विद्यालय प्रशासनले धन्यवाद जनाएको छ। विद्यालयले नयाँ नेतृत्वलाई हार्दिक बधाई दिँदै बालमैत्री गतिविधि, प्रतिभा विकास र सामाजिक चेतनाको क्षेत्रमा समूहले उल्लेखनीय योगदान दिने अपेक्षा व्यक्त गरेको थियो ।

बाल समूह गठन भएपछि खिचिएको सामूहिक तस्बीर ।