रोशन दिप – हेटौडा – ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा गते शुक्रबार देखि पल शाह स्टारर नेपाली फिल्म मोहर र सौगात मल्ल स्टारर फिल्म सिटामोल रिलिज हुँदै छ ।

शुक्रबार देखि रिलीज हुने दुई फिल्म ‘सिटामोल’ र ‘मोहर’को अग्रिम टिकट बिक्री खुला गरिएको छ । सुदुरपश्चिमको देउकी प्रथालाई देखाउन खोजेको फिल्म ‘मोहर’मा पल सँगै बेनिशा हमाल, नीति शाह र अर्जुनजंग शाही मुख्य भुमिकामा छन्। एक्सन थ्रीलर जनरामा बनेको यो फिल्मको निदेर्शन ओम प्रतीकले गरेका हुन् ।

 

कर्णालीको कथामा आधारित सोसल ड्रामा फिल्म हो सिटामोल । जसमा सौगात सँगै बेनिशा हमाल र लोकेन्द्र लेखकको मुख्य भुमिका छ भने राजबहादुर सानेले निर्देशन गरेका हुन् ।

 

अब यी २ मुवी मध्ये बक्स अफिसमा कसले बाजी मार्लान त्यो त समयले नै बताउँ तर तपाईँ भने एनएस सिनेमा हलमा गएर आफुलाई मनपर्ने मुवी हेर्न न छुटाउनु होला । टिकट लिनको लागि एन एस सिनेमा हलको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७(९५२०९४९ मा अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक माधव रिमालले बताए ।