हेटौंडा । श्रम संस्कृति पार्टीकी केन्द्रीय सदस्य मन्दिरा मोक्तानले समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा नबस्ने भएकी छिन् । गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा हर्क साम्पाङ नेतृत्वको पार्टीबाट मकवानपुर क्षेत्र नम्बर–२ मा समानुपातिकको कोटाबाट उम्मेद्वारी दिएकी मन्दिर मोक्तान समानुपातिकको सदस्यमा नबस्ने भएकी हुन् । सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै श्रम संस्कृति पार्टीकी नेतृ मन्दिरा मोक्तानले आफूमा कहिलेपनि कुनै पदको लाल्सा नभएको र सांसद हुनुपर्छ भन्ने लोभ नगरेको भन्दै पार्टीले दिन तयार भएको पदलाई स्वीकार नगरेको जानकारी गराएकी छिन् । आदिवासी जनजाती महिलाको कोटाबाट बागमती प्रदेशबाट आफूलाई समेटा पनि उक्त पदमा बस्न आफू तयार नभएको उनले बताइन् ।
२ महिनाको अभियानको अन्तरालमा मेची महाकालीको यात्रा गर्दा धेरै ठाउँहरुमा संगठन बिस्तारको क्रममा आफ्नो समर्थकहरुको रहेको भएपनि उक्त पदमा नबस्ने उनले स्पष्ट पारिन् । समानुपातिक तर्फको मत ४ सिटको मात्र प्राप्त भएपछि सबै भूगोल हिबासले आदिवासी जनजाती ३ जनाले प्रत्यक्षतर्फको जीत निकालेको उनले बताइन् । उनका अनुसार मधेश प्रदेशका पश्चिम्मी भूगागकोलाई विशेषगरी समेटनु पर्ने भएको आफ्नो उम्मेद्वारी फिर्ता लिएको बताइन् । उम्मेद्वारी फिर्ता लिनुपूर्व पार्टीका केन्द्रीय अध्यक्षले समानुपातिकको पदका लागि नाम पठाइदिएको उनले बताइन् ।
उनलाई समानुपातिकमा सिफारिस गरिएको भन्दै चौतर्फी चर्चा चलेको थियो । उनले त्यसको भोलीपल्टै यो निर्णय गरेकी थिइन् । यस अघि मगोल नेशनल अर्गनाइजेशन पार्टीको केन्द्रीय सदस्य रहेकी मोक्तानले पार्टी परित्याग गरेर श्रम संस्कृति पार्टीमा प्रवेश गरेकी हुन् । पार्टीको निकट्म भविष्यमा मध्ये नजर गर्दै कसैको दवावीमा नआइकन आफ्नो खुशीमा पदलाई अस्वीकार गरेको बताइन् ।




















प्रतिक्रिया दिनुहोस्