लागूऔषध गाँजासहित पक्राउ परेका प्रतिवादी ।

हेटौंडा । बारा प्रहरीले लागूऔषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ । आइतबार बिहान ८ बजेर ३० मिनेटको समयमा बाराको प्रहरीचौकी मुसहर्वाबाट प्रहरी नायब निरीक्षक जीवन खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले किलोग्राम लागूऔषध गाँजासहित छिमेकी मूलूक भारत सितामढी जिल्ला डुमरा बस्ने राम अशिष शर्माको छोरा २९ वर्षीय को सावन शर्मालाई पक्राउ गरेको छ ।

प्रहरीले बरामद गरेको लागूऔषध गाँजा ।

विश्रामपुर गाँउपालिका वडा नम्बर–४ बलिरामपुर स्कुल स्थित नेपालबाट भारत तर्फ पिठयूमा बोक्ने कालो झोला टाउकोमा बोकी लुकी छिपी जाँदै गरेको अवस्थामा झोला खोली हेर्दा उक्त झोला भित्र लुकाई झिपाई लगि रहेको अवस्थामा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । प्रहरी लागूऔषध सहित निज प्रतिवादीलाई नियन्त्रणमा अनुसन्धान गरिरहेको छ ।

 

 

रातो समाचार संवाददाता
थप जानकारी