हेटौंडा । आसन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मकवानपुर क्षेत्र नम्बर-१ बाट दीपक बहदुर सिंह र मकवानपुर क्षेत्र नम्बर-२ बाट रामबहादुर थोकरले उम्मेद्वारी दर्ता गराएका छन् । मङ्गलबार निर्वतमान सासंद समेत रहेका राप्रपाका केन्द्रीय सदस्य दीपक बहादुर सिंह र रामबहादुर थोकरले उम्मेद्वारी दर्ता गराएका हुन् ।

उम्मेद्वारी दर्ताको समयमा  प्रस्तापक सागर थापा र समर्थक सन्दीप कुमार थापा रहेका छन् । आजै यस अघि नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), श्रम संस्कृति पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन र प्रगतीशील लोकतान्त्रीक पार्टी प्रलोप मकवानपुरसँगै स्वतन्त्र उम्मेद्वारी दर्ता भएको छ ।

रातो समाचार संवाददाता
थप जानकारी