मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाइँदै ।

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको कान्तिलोकपथ सडकखण्ड अन्तर्गत वडा नम्बर–२ र वडा नम्बर–७ जोडने कार्की खोलामा पक्की पुल नभएको कारण नियमित रुपमा सडक सञ्चालन गर्न समस्या भइरहेको भन्दै पक्की पूल निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गर्न माग गरिएको छ । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, संविधान सभासदस्य प्रहलाद लामिछाने सहितको टोलीले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भेटेर पक्की पुल निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरेर वडा नं २,७ र ८ का जनतालाई बागमती प्रदेशको राजधानी हेटौंडामा तथा गाउँपालिकाको केन्द्र सम्म आवतजावत गर्न, कृषि उपजको सहज विक्री वितरण गर्ने व्यवस्थाको अनुरोध गरेका छन् ।

गत भदौ ६ गते आएको वर्षाले कार्की खोला तर्न लाग्दा मकवानपुरगढी गाउँपालिका वडा नम्बर–२ छाप वस्ने विनोद भोम्जनको मृत्यु भएको मुख्यमन्त्रीलाई जानकारी गराएका छन् ।