बैतडीको पाटन नगरपालिका–६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न रहेको आरोपमा सावर्जनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा पुचौडी नगरपालिका–३ का प्रजा बोहरा र उनकी श्रीमती बिमलालाई सार्वजनिक गरेको हो । सुर्नया गाउँपालिका–२ घर भएका ५५ वर्षीय शिक्षक पुस २ गते श्रीकृष्ण माविको छात्रावास पछाडि मृत भेटिएका थिए । प्रहरीले सार्वजनिक गरेका श्रीमान्–श्रीमतीले आफूहरूले हत्या गरेको स्वीकारेका बैतडीक प्रहरीले जनाएको छ ।
विष्टको मृत्यु भएपश्चात् शवलाई लुकाउन प्रजा र बिमला दुवैले बोकेर नजिकैको केत्तुकेको झारीमा फालेका थिए । दुवैजना विरुद्ध बैतडी जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद थपेर अनुसन्धान कार्य जारी रहेको बैतडीका प्रहरी
ले बताएको छ । यसअघि हत्यामा संलग्नको सार्वजनिक गर्नुपर्ने माग गर्दै विभिन्न आन्दोलन तथा शव नबुझेका आफन्तले आन्दोलनका सबै कार्यक्रम फिर्ता गर्दै शव पनि बुझेका छन् ।