महिलाको उद्दार गर्दै प्रहरीटोली ।

हेटौंडा । पोखरा महानगरपालिकाको फेवातालबाट हामफाल्ने प्रयास गरेकी एक महिलाको उद्दार गरिएको छ । मंगलबार बिहान करिब ४ बजेको समयमा पोखराको फेवातालबाट हामफाल्ने प्रयास गरेकी महिलाको शस्त्र प्रहरीबल, कालिका गणको इन्सपेक्टरको नेतृत्वको टोलीले उद्दार गरेका हुन् ।

मकवानपुर घर भई हाल पोखरा–६ लेकसाइड बस्दै आएकी करिब ४५ वर्षीया महिला फेवातालमा हाम फालेकी हामफाल्ने प्रयास गरेकी महिला नेपाल प्रहरी, ५ जना विपद व्यवस्थापन टोलीसँगै ५ जना अन्य टोली मिलेर महिलाको उद्दार गरेको बताइएको छ ।