हेटौंडा । जिल्ला प्रहरी कार्यालय पर्साले करिब दुई लाख रुपैयाँ बराबरका विभिन्न प्रकारका पटाका नष्ट गरेको छ। विभिन्न स्थानमा खटिएका प्रहरी टोलीले चेकजाँचका क्रममा बरामद गरेका पटाका आइतबार जिल्ला प्रहरी कार्यालय परिसरमा नष्ट गरिएको हो ।
स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीको उपस्थितिमा पटाका नष्ट गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दीपावलीलाई लक्षित गरी ल्याइएका अवैध पटाकामाथि निगरानी बढाइएको छ।

















प्रतिक्रिया दिनुहोस्