डडेल्धुरा । जिल्लामै पहिलो पटक व्यवसायिक रुपमा पुष्पखेती गरि उत्पादन निर्यात गर्न थालिएको छ । जिल्ला सदरमुकाम अमरगढी नरपालिका–२ जोगेना गाँउमा जमनि भाडामा लिई अमरगढी–१ डोला गाउँका स्थानीयले पुष्प खेती गरी उत्पादन जिल्ला बाहिर पठाउन थालेका छन ।
एमएससी एजी अध्ययरनरत सुरत ऐरले यस वर्ष पहिलो पटक सयपत्री फूलको खेती सुरु गरेका हुन । भारतको अमृत शहरबाट बिएससि एजि गरेका ऐर हाल भारतकै देहरादुनमा एमएससि एजि अध्ययन गर्दै छन । उनले गत साउनको १० गते एक हजार सयपत्री फूलका विरुवा रोपेका थिए । अहिले उनको बारिमा सयपत्री फूल ढकमक्क फुलेको छ । दैनिक रुपमा फूल खरिद गर्ने ग्रहाक बारिमै पुग्ने गर्दछन । थोकमा प्रतिकेजी साढे चार सय रुपियाँका दरले फूल बिक्रि गरिरहेको उनले बताए ।
डडेल्धुरासँगै कैलाली जिल्लाबाट समते फूलको माग आउने गरेको उनले बताए । पहिलो पटक थोरै क्षेत्रफलमा पुष्प खेती गरेकाले माग अनुसार आपूर्ती गर्न नसकिएको उनले बताए ।

मल्चिङ्ग प्रबिधिबाट उनले सयपत्री फूल खेती गरेका छन । उनले थाइल्याण्डको उत्पादित कर्मा ५५५ जात सयपत्री फूल उत्पादन गरेका छन । हाल नेपालभरिमा यो जातको सयपत्री उत्पादन गरिदै आएको छ । बजारमा यही फूलको उत्पादन राम्रो हुने देखिएको यहि जातको फूल रापेको उनले बताए । एक बोटमा पाँच सय फूलसम्म फूल्ने भएकाले यो जातको फूलको खेती गरेको उनले बताए ।
हालसम्म डडेल्धुरामा व्यवसायिक रुपमा पुष्प खेती गरिएको छैन । अहिले व्यवसायिक रुपमा खेती गर्दा भण्डारणको समस्या भएको उनले बताए । फूल भण्डारण गर्ने शित भण्डार भए बजार मूल्य झनै राम्रो हुने उनले बताए । शित भण्डार भए बाह््रै महिना फूल उत्पादन गरि भण्डारण गर्न सकिने उनको भनाई छ ।
यस पाली साउन महिनाको लामो वर्षले अहिले सयपत्री फूलाका पातहरु सबै सुकेको उनले बताए । पात नसुकेको भए अझै उत्पादन हुन्थ्यो, उनले भने, बिहान बेलुकी चिसो र दिउसो घाम लाग्ने भएकाले फूलका बोटका पातभरी सबै सुकेका छन । अब उत्पादन हुदैन ।
कृषि विषय अध्यनरत डडेल्धुराका विद्यार्थीहरुले ऐरको पुष्प खेतीमा ईन्टरसिप गरिरहेको कृषि ज्ञान केन्द्र डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत रामचन्द्र भट्टले बताए । ऐर अमरगढी नगरपालिका–२ को वैजनाथ माविका शिक्षक पनि हुन ।
गन्यापधुरा गाउँपालिका–३ सकायलका लितक शाहीले पाँच÷छ वर्ष पहिले देखी पुष्प खेती गर्दै आएका छन । तर व्यवसायिक रुपमा भने पुष्प उत्पादन गर्न नसकेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । यसैगरि अजयमेरु गाउँपालिका–५ का टेक पाठक र भागेश्वर गाउँपालिका–४ ऐडुङरिका गणेश बुढाऐरले पनि यस वर्ष देखि पुष्प खेतीको सुरुवात गरेको बरिष्ठ कृषि विकास अधिकृत भट्टले बताए । यस वर्ष ज्ञान केन्द्र संग पुष्प खेती विस्तारका लागि ३ लाख रकम छ । उनले भने, यो रकम यी चारै जनालाई सहयोग गर्ने कार्यालयले योजना बनाएको छ ।
अनुदान पाएका किसानले गर्दैनन् खेती
कृषि निर्देशनालयबाट दुई जना किसानले अनुदान रकम प्राप्त गरि डडेल्धुरामा पुष्प खेतीको सुरुवात गरेका थिए । आर्थिक वर्ष २०७६÷०७७ मा अमरगढी नगरपालिका–८ को प्रशासन्त कृषि फर्मले निर्देशनालयबाट २ लाख ८५ हजार रुपियाँ र अमरगढी नगरपालिका–४ तल्लो खलङ्गाका किसान जयराज पनेरुले ३ लाख ५० हजार रुपियाँ अनुदान प्राप्त गरेको वरिष्ठ कृषि विकास अधिकृत भट्टले बताए । तर हाल उनिहरुले भने पुष्प खेती गरिरहेका छैनन् ।
प्रशान्त कृषि फर्मका सञ्चालक करुणाकर ओझा हाल डडेल्धुरा अस्पताल विकास समिति अध्यक्ष छन । उनले पुष्प खेती गरिरहेको र यस वर्ष सबै फूलका विरुवाहरु कुहिएको बताएका छन ।
तल्लो खलङ्गका किसान पनेरुले पहिलो वर्ष स्थानीय जातको सयपत्री फूल लगाएको र बजार नपाएको बताए । हाल गुलाब फूलको खेती गरिरहेको बताउदै उनले अहिले गुलाबको मदर प्लान्ट उत्पादन गरिसकेको जानकारी दिए ।यो समाचार राजधानिबाट साभार गरिएको हो




















प्रतिक्रिया दिनुहोस्