हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा जेन जी पुस्ताले विरोध प्रदर्शनीलाई जारी राखेका छन् । देशव्यापी रुपमा चलिरहेको विरोध कार्यक्रम अन्तर्गत मंगलबार पनि २८ वर्ष भन्दा कम उमेर समूहका जेन जी पुस्ताले प्रदेशको राजधानी हेटौंडामा पनि विरोध प्रदर्शनीलाई जारी राखेका हुन् । भ्रष्टचार र सामाजिक सञ्जालमा भएको अवरोध विरुद्ध अवरोध विरुद्ध सोमबार आन्दोलन गर्ने क्रममा आन्दोलनमा सहभागीहरुको गोली हानेर हत्या भएको घटनाको विरोध गर्दै आन्दोलनलाई अझ सशक्त तरिकाले मजबुत बनाएका छन् ।
सरकारी नम्बर प्लेटको स्कूटरमा आगो लगाएपछि ।

मंगलबार जेन जी पुरस्कार सहित अन्यगरी करिब २ हजारभन्दा बढीको सहभागितामा बागमती प्रदेशको मुख्यमन्त्रालय, हेटौंडा उपमहानगरपालिका, नेपाली काँग्रेस पार्टी कार्यालय मकवानपुर एमाले पार्टी कार्यालयमा नारा लगाउँदै विरोध प्रदर्शनी गरेका छन् । विरोधमा सहभागीहरुले हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले जातको आधारमा मानिसलाई भेदभाव गरेको भन्दै नगरपालिकाको परिसरमा ढुंगा प्रहार गरेका थिए । आन्दोलनलाई चर्किन नदिनका लागि विभिन्न स्थानहरुमा प्रहरीको परिचालन समेत गरिएको थियो ।
¥यालीमा सहभागीहरु ।

विरोधमा सहभागीहरुले बागमती प्रदेशको सञ्चार रजिष्ट्रार कार्यालयमा ढुंगा प्रहार गरेर हेटौंडाको विभिन्न सरकारी कार्यालहरुमा सरकारी नम्बर प्लेटमा रहेको सवारी साधनलाई कर्सीमा बसेर जनताका लागि केही गर्न नसक्ने सहकारी सम्पत्तीलाई किन राख्न दिने भन्दै जलाइदिएका थिए । प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको निजी घर र प्रदेशको मुख्यमन्त्री कार्यालयमा समेत आगो लगाएकाहरुले काँग्रेस र एमालेका पार्टी कार्यालयको सामाग्रीमा समेत आगो लगाइएको थियो ।
¥याली क्रममा मानसचोकमा आएपछि ।

देशव्यापी रुपमा चलिरहेको भ्रष्टचार र सामाजिक सञ्जाल बन्द गरिएको भन्दै हिजो विरोध प्रदर्शनी गर्दा करिब २१ जनाको निर्मम हत्या गरिएको थियो । त्यसपछि नेपालमा समाजिक सञ्जालमा लगाइएको प्रतिबन्दलाई हटाइएको थियो । सामाजिक सञ्जालमा लगाइएको बन्देजलाई हटाएपनि आन्दोलनको क्रममा ज्यान गुमाउनु परेको कुरालाई मध्य नजर गर्दै देशव्यापी रुपमा सबै आक्रोस भइरहेका छन् । आज मंगलबार पनि हेटौंडा उपमहानगरपालिका रोडबाट सुरु भएको विरोध ¥याली मकवानपुर बहुमुखी क्याम्पस, मनकामना चोक, संगमचोक, कान्तिरापथ हुँदै बुचद्धोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
मोटरसाइकल ¥याली मार्फत विरोध गर्दै । सुरक्षा व्यवस्थापनका लागि प्रहरी पनि ।

कोण सभामा सहभागी युवाहरुले भ्रष्टचारको अन्त्य हुनुपर्ने र ज्यान लिने सरकारले राजिनामा दिनुपर्ने माग गरेका छन् । उनीहरुले यस्ता प्रकारको सरकारको अनैतीक प्रक्रियाको कारणले पनि युवा पीडिहरु विदेशीनका लागि बाध्य भएको धारणा राखेका छन् । भ्रष्टचारको विरोध गर्दै पहिलो सुरुवात गरेकोमा पछि चरणबद्ध अन्दोलनमा जान सक्ने उनीहरुको भनाई छ ।देशमै बसोवास गरेर भविष्य खोज्ने प्रयास गरेतापनि सरकारले चासो नदेखाएको दाबी गरेका छन् । जेन जी को विरोध प्रदर्शनका क्रममा करिब १९ जनाको मृत्यु भएको जनाएको छ । जसमा १०० भन्दा युवाहरु घाइते भएका छन् ।
नेपाली काँग्रेस मकवानपुरको पार्टी कार्यालयमा आन्दोलन गरेपछि काँग्रेस चोकमा जम्मा भएर विरोध प्रदर्शनी गर्दै ।

सिद्धार्थ माध्यमिक विद्यालय अगाडि विरोध प्रदर्शनी गर्दै ।


















प्रतिक्रिया दिनुहोस्