हेटौंडा ।  जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धराबाट फरार भएको कैदीले चोरी गरी बिक्री गरेको मोटरसाइकलसहित एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा उपमहानगरपालिका–७ हरियालीस्थित सडक खण्डमा चेकजाँचका क्रममा बा ४० प ४२९५ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा चालक अभिषेक वाइवालाई कागजपत्र प्रस्तुत गर्न नसकेपछि उनलाई प्रहरी कार्यालयमा ल्याएको थियो ।

प्रहरीले गरेको थप अनुसन्धानमा उक्त मोटरसाइकल भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको बेला केन्द्रीय कारागार सुन्धराबाट भागेका राजेश खातीले चोरी गरी बिक्री गरेको खुलेको छ। फरार खातीलाई हाल पुनः पक्राउ परी कारागार कार्यालयमा रहँदै आएका छन्। घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

रातो समाचार संवाददाता
थप जानकारी