हेटौंडा । विद्युतीय सवारीसाधनको क्षेत्रमा लामो अनुभव हासिल गरेको कुशुवा मोटर्सले  जापानी ब्रान्डको नयाँ इलेक्ट्रिक स्कुटर शोरुम हेटौंडामा सञ्चालनमा ल्याएको छ।

हेटौंडा–४ शितलमहल चोकमा, रोयल प्यालेस जाने बाटो नजिकै स्थापना गरिएको उक्त शोरुमको उद्घाटन स्कुटरका पहिलो ग्राहक केन्द्र जोशी, बुद्धिबहादुर श्रेष्ठ र कम्पनीका सञ्चालक बलिरामप्रसाद कुशुवाले संयुक्त रूपमा रिबन काटी गरेका हुन्।

सञ्चालक कुशुवाका अनुसार यो स्कुटरले एकपटकको चार्जमा १२० किलोमिटरसम्म यात्रा गर्न सक्ने क्षमता राख्छ, जुन नेपालमा पहिलोपटक बजारमा आएको हो। उनले भने, “यो स्कुटर बलियो, टिकाउ र स्मार्ट छ। एक वर्षको वारेन्टीका साथै पार्ट्सहरू पनि सजिलै पाइनेछन्।”

शाखा म्यानेजर ओमकुमार चौरसियाका अनुसार स्कुटरले ४५ डिग्रीसम्मको उकालोमा पनि दुई जना सवार लिएर सहजै यात्रा गर्न सक्छ। उनका भनाइमा, शोरुम सञ्चालनमा आएलगत्तै तीनवटा स्कुटर बिक्री भइसकेका छन् र धेरै ग्राहकले अर्डर दिइरहेका छन्।
मोटर्सका सञ्चालक कुशुवाले निकट भविष्यमा ठूला मालवाहक, यात्रुवाहक, तरकारी ढुवानी र विद्यालयका विद्यार्थी बोक्ने विद्युतीय सवारीसाधन पनि बजारमा ल्याउने योजना रहेको जानकारी दिएका छन्।

रातो समाचार संवाददाता
थप जानकारी