नयाँ बानेश्वरमा आफैंमाथि आगो लगाएर उपचारका क्रममा मृत्यु भएका इलामका प्रेमप्रसाद आचार्यका परिवारलाई उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भेटेका छन्।
बुधबार दिउँसो गृहमन्त्री लामिछानेले कीर्तिपुर अस्पताल पुगेर आचार्यका परिवारसँग भेटेका हुन्।
मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आत्मदाह गरेका आचार्यको बुधबार बिहान उपचारको क्रममा निधन भएको थियो । उनको मृत्युपछि लामिछानेले बुधबार बिहान सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिएका थिए।




















प्रतिक्रिया दिनुहोस्