बागमती गाउँपालिकालाई सम्मान गरिँदै ।
हेटौंडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिकालाई राष्ट्रिय खेलकुद परिषद् ( राखेपा) ले सम्मान गरेको छ । खेलकुद क्षेत्रको विकासका लागि देशभरमै उत्कृष्ट कार्य गरेको भन्दै(राखेपा)ले शुक्रबार ६२ औं वार्षिकोत्सवको अवसरमा अयोजित कार्यक्रममा मकवानपुरको बागमती गाउँपालिकालाई सम्मान गरेको हो । गाउँपालिकाले आफ्नै लगानीमा बागमती गोल्डकप फुटबल प्रतियोगिताको आयोजना गर्दै आइरहेको अध्यक्ष सर्केश घलानले जानकारी गराएका छन् । गाउँपालिकाकै बजेटमा फुटबल रंगशाला निर्माण भएको छ भने फुटबल एकेडेमी सञ्चालन आएको छ ।
नेपाली खेलकुद क्षत्रको विकास र विस्तारमा गाउँपालिकाले पु¥याएको योग्दानको कदर गर्दै नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र राखेपमा सदस्य सचिव टंकलाल घिसिङले गाउँपालिकाका अध्यक्ष सर्केश घलानलाई सम्मानपत्र हस्तान्तरण गरेका हुन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, बागमती गाउँपालिकाका खेलकुद समितिका अध्यक्ष रहर सिं थिङ र निवर्तमान अध्यक्ष अरुण बलले सम्मान ग्रहण गरेका थिए ।
राखेपाले हरेक वर्ष खेलकुद क्षेत्रमा गरेको लगानी, प्रतियोगिता आयोजना, पूर्वाधार निर्माण, खेलाडी उत्पादन र प्रोत्साहन लगायतको विभिन्न प्रतियोगिताको नतीजाहरुको मूल्यांकन गरेर स्थानीय तहहरुलाई सम्मान गर्ने गरेको छ । बागमतीसँगै राखेपले आफनो वार्षिकोत्सवमा ५ खेलाडीसहित विभिन्न १८ विधामा सम्मान गरेको सदस्य–सचिव टंकलाल घिसिङले बताए ।