हेटौंडा । नेपाल प्रहरी श्रीमती संघले आसरा सुधार केन्द्रको २९औं वार्षिकोत्सवको अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालयको कार्यालय सञ्चालन सुदृढ गर्न कम्प्युटर, प्रिन्टर र युपिएस हस्तान्तरण गरेको छ। बुधबार एक विशेष समारोकाबीच प्रहरी कार्यालय काठमाडौंलाई कम्प्युटर ५ थान प्रिन्टर ५ थान र युपिएस सहयोग गरेको हो ।
कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीले संघको योगदानको सराहना गर्दै “नेपाल प्रहरी प्रत्येक विषम परिस्थितिमा अग्रपङ्क्तिमा खटिने राज्यको अंग रहेको बताएका छन् । उनले भने- यस्तो समयमा सहयोग प्रदान गर्नु अत्यन्तै महत्वपूर्ण छ।”
नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष भावना श्रेष्ठ खापुङले संघको तर्फबाट सहयोग दिन पाउँदा खुशी व्यक्त गर्दै आगामी दिनहरूमा पनि नेपाल प्रहरीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्।
गत भदौ २३ र २४ गते काठमाडौं उपत्यकाका विभिन्न ठाँउहरूमा भएको आन्दोलन तथा प्रदर्शनका क्रममा नेपाल प्रहरीका कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो।
उक्त कुरालाई मध्यनजर गर्दै संघले कार्यालय सञ्चालनमा आवश्यक सामग्री हस्तान्तरण गरेको जनाएको छ। कार्यक्रमले प्रहरी र समुदायबीचको सम्बन्ध सुदृढ गर्दै, कार्यालय सञ्चालनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरेको छ।

















प्रतिक्रिया दिनुहोस्