हेटौंडा । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्मकमल दहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनको एकताका लागि फेरि नयाँ पहल र प्रयास गर्नुपर्ने बताएका छन् । उनले वि.सं २०४१/०४२ सालमा माधव कुमार नेपाल र आफू पञ्चायती विरोध आन्दोलनको बारेमा संवाद गर्ने गरेको बताए ।

शनिबार दाङ जिल्लामा आयोजित नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले २०४२ सालदेखि २०४६ सालसम्म जनयुद्ध सुरु भएपछि उक्त संवादको कार्यलाई निरन्तरता दिँदै गएको बताए । संविधान सभाबाट लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण पक्रियामा पनि एक अर्काले सहकार्य गरिरहेको उनले बताए । करिब ४०/४१ वर्ष पहिलेदेखिनै भएको सहकार्य र संवादले आन्दोलनकोबीच बाट एकताको नयाँ प्रवित्तिको सिर्जना भएको उनले धारणा राखेका छन् ।

पछिल्लो जेनजी नयाँ पुस्ताको आन्दोलनबाट सबै झकझकाउन काम भएकोले आत्मा समीक्षा गर्दै आफूलाई सच्याउनुपर्ने बाध्यता भएको उनले बताए । उनले युवाहरुको भावना, चाहना र मानसिकता अनुसार आफैलाई परिवर्तन गनुपर्ने ऐतिहासिक आवश्कताको महसुस भएको उनले जीकिर गरेका छन् ।

विगदको समयमा जनयुद्धको लागि ठूलो त्या गर्ने प्रदेश रहेको उनले बताए । अहिले युवाहरुको आन्दोलनले सबैलाई आफुले गरेको कामको बारेमा समीक्षा गर्नमा जोड गराएको उनले बताए । आफूहरुले जनतासँगको सम्बन्धमा, जनताको चहाना अनुसार सुशासन गर्न, आर्थिक समृद्धि हासिल गर्न, किसानहरुको हतहितको निम्ति केन्द्रीत भएर विकास परियोजनाको कार्य अगाडि बढाउन कहाँ कम्जोरी गरेको छ त्यसको समीक्षा गर्नमा जोड गराएको उनको धारणा छ । उनले यस सभालाई पार्टी एकताको सभा नभए आत्मा आलोचना सभाको नाम दिएका छन् ।

रातो समाचार संवाददाता
थप जानकारी