हेटौंडा । हेटौंडा–१९,स्थित इलाका प्रहरी कार्यालय नेवरपानीलाई मोटरसाइकल हस्तान्तरण गरिएको छ । गत भदौ २४ गते देशव्यापी रुपमा भएको जेनजी पुस्ताको आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय नेवरपानी र प्रहरीचौकी लेवट बसमाडी भवन तथा सवारी साधन तोडफोड गरेर आगो लगाइएको थियो ।
शुक्रबार हेटौंडा–१९ का वडाध्यक्ष नरनाथ सुवेदीले इलाका प्रहरी कार्यालय नेवारपानीलाई बा.प्र.०३–००१ प ०५१४ नम्बरको १५० सि.सि.को पल्सर १ थान पल्सर मोटरसाइकल सहयोग गरेका छन् । स्थानीय वासिन्दाहरुको उपस्थितीमा दुबै कार्यालय भवनहरुको मर्मत तथा रंगरोगन गर्नुका साथै अर्को बैकल्पिक व्यवस्था नभएसम्म शान्ति सुरक्षा प्रदान गर्न तथा गस्ती पट्रोलिङको लागि मोटरसाइकल सहयोग गरेको वडाध्यक्ष सुवेदीले बताए ।

















प्रतिक्रिया दिनुहोस्