वैज्ञानिक हिसाबले हेर्दा पूर्णिमाको दिन पृथ्वीमा गुरुत्व बलको प्रभाव धेरै रहने र यस दिन व्रत बसेर भगवानको नाम स्मरण गर्दा आत्म शुद्धि हुने बताइन्छ । यस दिन व्रत बस्नाले मेटाबोलिक प्रक्रिया सुदृढ रहने, ग्यास्ट्रिक समस्याहरू हल भएर जाने र शरीरमा सकारात्मक ऊर्जा बढ्ने हुन्छ ।

सर्वप्रथम त रामदुत हनुमानको जन्मको उपलक्ष्यमा मनाईने यस वर्षको हनुमान जयन्तीको सबैलाई शुभकामना । त्रेतायूगको रामायणका पर्याय यी पात्र हनुमानको चैत्र शुक्ल पूर्णिमाका दिन भएको जन्म संसारै भरिका सनातन धर्म अनुयायीले मनाउदछन् ।

रामायणका कथाहरु, पात्रहरु अनि घटनाक्रममा हनुमान सबैभन्दा लोकप्रिय, दयावान अनि शक्तिशाली पात्रका रुपमा छन् । हनुमान भन्ने वित्तिकै रामभक्त अनि वलवान भन्ने बुझिन्छ, हनुमानलाई वल र साहसको पर्यायका रुपमा अभिब्यक्त गरेको वाल्मीकी रामायणले हनुमान आँफैले लेखेका हनुमान रामायणको वारेमा खासै जानकारीहरु वयान गर्दैन भने ईतिहास पनि यस विषयमा मौन नै छ । हनुमान ऐतिहासिक रुपमा अझै उत्खनन र अन्वेषण गर्नपर्ने पात्र हुन भने धार्मीक रुपमा एउटा कोशेढुगां अनि सामाजिक रुपमा मानिसले पुजेका जनावर देवता, हनुमान एउटा बाँदर गोत्रीय आदिवासी देवता हुन् ।

अन्जानेरी पर्वतमा जन्मिएकी हनुमानकी आमा अन्जना एउटी अप्सरा हुन जो आफुमाथी परेको श्रापको कारणले पृथ्वीलोकमा वसेकी हुन् । हनुमानका पिता सुमेरु पर्वतका राजा वृहस्पतीका छोरा केशरी हुन् भने आमा अन्जनाको लामो समयसम्मको भगवान शिवको आराधना पछी शिव वरदानका रुपमा हनुमान जन्मीएका हुन् । त्यसबाहेक, हनुमानका मतिमान, श्रुतिमान, केतुमान, गतिमान र धृतिमान नामक ५ साना भाइहरू छन्। रामायण अनि अन्य शास्त्रहरुमा विष्णु सँग धेरै जोडिएका भए पनि हनुमान आँफैमा भगवान् शङ्करका प्रतिरुप हुन् । अर्कोतर्फ हनुमानलाई वायू पुत्र पनि भनिन्छ, आउनुहोस यस विषयमा पनि चर्चा गरौ । यसरी अन्जनाको आराधनाले प्रशन्न भगवान शिव(शङ्कर)ले अन्जनाको गर्भमा भगवान वायूलाई आफ्नो पुरुष शक्ति अनि उर्जाहरुलाई केन्द्रित गरेर भरिदिन भनेपछी हनुमान गर्भमा आएकाले पनि हनुमानलाई वायू पुत्र या पवन पुत्र भनिन्छ ।

बाल्यकालमा अति शक्तिशाली हनुमानले पाकेको आँप भनेर झण्डै सूर्यलाई खाईदिएको प्रसँगले उनको बल अनि सार्मथ्यको वृतान्त दिन्छ । हनुमानका गुरु सूर्य हुन भने सूर्यका पुत्र सुग्रीभ हुन् । आफ्नो गुरुलाई मद्धत गर्ने वचन अनि दायित्वबाट वाँधीएका हनुमान सुग्रीभलाई सहयोग गर्नका लागी रामायणमा सम्मेलीत भएका हुन् ।

बाल्यकालमा अत्यन्तै चकचके हनुमानबाट आजित भएर तपस्वीहरुले उनलाई आफ्नै शक्ति भुल्ने र अरुले याद नदिलाउन्जेलसम्म याद नआउने श्राप दिएका हुन् ।

भगवान रामको वनवासका दौरान हनुमानसँग वहाँको भेट भएको हो अनि वाँकी रामायणमा हनुमानको कृत्य अनि कर्तब्य हामीमध्ये धेरैलाई थाहै छ ।

हनुमानजीका केही रोचक कथाहरू

लंका जलाएको
अंगद, जामवंतजस्ता वीरहरूले १०० योजन लामो समुन्द्र पार गर्न नसक्ने भएपछि श्री रामको आज्ञा मानेर समुन्द्रमा उफ्रिएर हनुमान पारि लङ्का पुगे, त्यहाँ पुगेर उनी लंकिनीहरुसँग बच्दै सीतालाई राखिएको अशोक वाटिका पुगे र श्रीरामको सन्देश सीतालाई दिए। त्यही अशोक वाटिकाको फलहरू तोडेर खाँदै गर्दा एकजना सैनिकले हनुमानलाई देखेर उनलाई बन्धक बनाएर रावणको अगाडि लागे । त्यहाँ रावणले सैनिकलाई हनुमानको पुच्छरमा आगो लगाउने आदेश दिए । हनुमानको पुच्छरमा आगो लागेपछि उनले त्यहीँ पुच्छरको आगोले एक ठाउँबाट अर्को ठाउँ उफ्रिदै गएर लङ्का जलाए । हनुमानले सीता माता बस्ने भएकाले अशोक वाटिका र श्री रामको नाम अंकित गरिएकाले विभीषणको घर भने जलाएनन् ।

सञ्जीवनी पहाड उठाएको
लङ्कामा मेघनाथ र लक्ष्मण बीच युद्ध हुँदा मेघनाथको वाण लागेर लक्ष्मण घायल भए । आफ्नो भाइको त्यो अवस्था देखेर श्रीराम विलाप गर्न थाले । त्यसपछि एकजना वैधले लक्ष्मणलाई बचाउने सञ्जीवनी बुटी पर्वतमा पाइने बताएपछि हनुमानले त्यो पर्वत पुगे । तर त्यहाँ सञ्जीवनी बुटी कुन हो भनेर पत्ता लगाउन भने सकेनन् । त्यसपछि हनुमानले त्यो पर्वत नै उठाएर लक्ष्मण भएको ठाउँमा लिएर आए । त्यो सञ्जीवनी बुटी लगाएपछि लक्ष्मण ठिक हुन्छन् ।

छाती चिरेर राम सिता देखाएको
लङ्कामा रावणको वध गरेर अयोध्या फर्किएपछि एकदिन सभामा माता सीताले हनुमानको शक्ति र उनले गरेको मद्दतको लागि उनलाई मोतीको हार दिन्छिन् । तर हनुमानले त्यो हार स्वीकार्दैनन् । हनुमानले यदि कुनै वस्तुमा राम नभए त्यो वस्तु आफूलाई स्वीकार्य नभएको बताउँछन् । त्यसपछि सभामा हनुमानको नशा नशामा राम नभए हनुमान नि बेकार भएको भनेर सबैले हनुमानलाई गिज्याउन थाल्छन् । त्यसपछि हनुमानले आफ्नो छाती चिरेर आफू भित्र भएको राम सिता सभामा भएका सबैलाई देखाइदिन्छन् ।

हनुमानलाई किन जीवित देवता मानिन्छ ?
रावणसँग युद्ध पश्चात् रामले बिदाइ गर्ने क्रममा हनुमानलाई उसको इच्छा सोध्दा हनुमानले संसारमा रामको नाम चलि रहुन्जेलसम्म आफू पृथ्वी लोकमै रही रहने इच्छा प्रकट गरेपछि भगवान् रामले वरदान दिनुभएको थियो । यसअर्थमा हनुमान जीवित देवताका रुपमा अझै पनि हामीमाझ छन् ।

के हनुमानको पुजा नेपाल र भारतमा मात्र गरिन्छ ?
भगवान् हनुमानको पूजा नेपाल र भारतमा मात्र नभई बंगलादेश, म्यानमार, थाइल्यान्डमा लगायतका देशहरूमा गरिन्छ । थाइल्याण्डको सुवर्णभूमि विमानस्थलमा सुरक्षाको लागि भनेर हनुमानका दर्जनौँ मूर्ति राखिएका छन् । त्यहाँको स्थानीय भाषामा भने भगवान हनुमानलाई अर्कै नामले पुकारा गरिन्छ।

भगवान हनुमानलाई किन सिन्दूर लगाइन्छ ?
लङ्काबाट अयोध्या फर्किएपछि सीताको सिउँदोमा सिन्दूर देखेर हनुमानले जिज्ञासा प्रकट गर्दछन् । सीताले यो विवाहित महिलाले आफ्नो पतिको जीवनको दीर्घायुको लागि लगाउने गर्छन् भनेर जवाफ दिनु हुन्छ । यो सुन्ने बितिक्कै हनुमानले पनि आफ्नो पुरै शरीरमा सिन्दूर लगाउँछन् । यो देखेर भगवान रामले प्रसन्न हुँदै भन्नु हुन्छ कि जो कोहीले हनुमानलाई सिन्दूर लगाइदिन्छन् उनीहरूको बाधा , कठिनाइ दुःखहरू जीवनबाट हट्ने छन् ।

भगवान् हनुमानको पूजा विशेष कुन दिन गरिन्छ ?
शास्त्र अनुसार भगवान हनुमानको जन्म मङ्गलवार भएकाले मङ्गलवार हनुमानको पूजा गरिन्छ । त्यसबाहेक, भगवान् हनुमानको पूजा शनिवार पनि गरिन्छ ।

के हो हनुमान चालिसा ?
हनुमान चालिसा हनुमानको सम्पूर्ण चरित्रको वर्णन हो । यो गाएर सजिलै हनुमानको भक्ति गर्न सकिन्छ ।

श्रीगुरु चरन सरोज रज, निज मनु मुकुरु सुधारि।
बरनऊं रघुबर बिमल जसु, जो दायकु फल चारि।।
बुद्धिहीन तनु जानिके, सुमिरौं पवन-कुमार।
बल बुद्धि बिद्या देहु मोहिं, हरहु कलेस बिकार।।

जय हनुमान ज्ञान गुन सागर।
जय कपीस तिहुं लोक उजागर।।

रामदूत अतुलित बल धामा।
अंजनि-पुत्र पवनसुत नामा।।

महाबीर बिक्रम बजरंगी।
कुमति निवार सुमति के संगी।।

कंचन बरन बिराज सुबेसा।
कानन कुंडल कुंचित केसा।।

हाथ बज्र औ ध्वजा बिराजै।
कांधे मूंज जनेऊ साजै।

संकर सुवन केसरीनंदन।
तेज प्रताप महा जग बन्दन।।

विद्यावान गुनी अति चातुर।
राम काज करिबे को आतुर।।

प्रभु चरित्र सुनिबे को रसिया।
राम लखन सीता मन बसिया।।

सूक्ष्म रूप धरि सियहिं दिखावा।
बिकट रूप धरि लंक जरावा।।

भीम रूप धरि असुर संहारे।
रामचंद्र के काज संवारे।।

लाय सजीवन लखन जियाये।
श्रीरघुबीर हरषि उर लाये।।

रघुपति कीन्ही बहुत बड़ाई।
तुम मम प्रिय भरतहि सम भाई।।

सहस बदन तुम्हरो जस गावैं।
अस कहि श्रीपति कंठ लगावैं।।

सनकादिक ब्रह्मादि मुनीसा।
नारद सारद सहित अहीसा।।

जम कुबेर दिगपाल जहां ते।
कबि कोबिद कहि सके कहां ते।।

तुम उपकार सुग्रीवहिं कीन्हा।
राम मिलाय राज पद दीन्हा।।

तुम्हरो मंत्र बिभीषन माना।
लंकेस्वर भए सब जग जाना।।

जुग सहस्र जोजन पर भानू।
लील्यो ताहि मधुर फल जानू।।

प्रभु मुद्रिका मेलि मुख माहीं।
जलधि लांघि गये अचरज नाहीं।।

दुर्गम काज जगत के जेते।
सुगम अनुग्रह तुम्हरे तेते।।

राम दुआरे तुम रखवारे।
होत न आज्ञा बिनु पैसारे।।

सब सुख लहै तुम्हारी सरना।
तुम रक्षक काहू को डर ना।।

आपन तेज सम्हारो आपै।
तीनों लोक हांक तें कांपै।।

भूत पिसाच निकट नहिं आवै।
महाबीर जब नाम सुनावै।।

नासै रोग हरै सब पीरा।
जपत निरंतर हनुमत बीरा।।

संकट तें हनुमान छुड़ावै।
मन क्रम बचन ध्यान जो लावै।।

सब पर राम तपस्वी राजा।
तिन के काज सकल तुम साजा।

और मनोरथ जो कोई लावै।
सोइ अमित जीवन फल पावै।।

चारों जुग परताप तुम्हारा।
है परसिद्ध जगत उजियारा।।

साधु–संत के तुम रखवारे।
असुर निकंदन राम दुलारे।।

अष्ट सिद्धि नौ निधि के दाता।
अस बर दीन जानकी माता।।

राम रसायन तुम्हरे पासा।
सदा रहो रघुपति के दासा।।

तुम्हरे भजन राम को पावै।
जनम-जनम के दुख बिसरावै।।

अन्तकाल रघुबर पुर जाई।
जहां जन्म हरि–भक्त कहाई।।

और देवता चित्त न धरई।
हनुमत सेइ सर्ब सुख करई।।

संकट कटै मिटै सब पीरा।
जो सुमिरै हनुमत बलबीरा।।

जै जै जै हनुमान गोसाईं।
कृपा करहु गुरुदेव की नाईं।।

जो सत बार पाठ कर कोई।
छूटहि बंदि महा सुख होई।।

जो यह पढ़ै हनुमान चालीसा।
होय सिद्धि साखी गौरीसा।।

तुलसीदास सदा हरि चेरा।
कीजै नाथ हृदय मंह डेरा।।

पवन तनय संकट हरन, मंगल मूरति रूप।
राम लखन सीता सहित, हृदय बसहु सुर भूप।।

यिनै समुन्द्रलाई एकै फड्कोमा तर्न सक्ने, पुच्छरमा आगो लगाएर लकां जलाउन सक्ने अनि भगवान रामलाई मृत्यूवरणकालागी लिन आएका यमराजलाई नै फिर्ता पठाउने सार्मथ्य राख्ने हनुमानलाई धार्मीक रुपमा मात्र नभईकन मौलीक अनि मानवताको दृष्टिले पनि महत्पूर्ण मानिन्छ । हनुमान जिवित देवताकारुपमा अझै पनि हामीमाझ छन्, शक्ति ,सत्य, सार्मथ्य अनि भक्तिका प्रतिरुप यिनै हनुमानको जयन्तीले हामीसबैको कल्याण गरोस् । आगामी वर्षहरु शुभ हुन र चन्द्र सबैको दाहिने होस् ।

वैशाख स्नान किन विशेष छ ?
न माधवसमो मासों न कृतेन युगं समम्।
न च वेदसमं शास्त्रं न तीर्थं गंगया समम्।।
स्कंदपुराण, वै वै मा. द्द–ज्ञ
अर्थात् वैशाख समान कुनै महिना छैन । सत्ययुग समान कुनै युग छैन । वेद समान कुनै शास्त्र छैन र गङ्गाजी समान कुनै तीर्थ छैन । चैत्र पूर्णिमाबाट वैशाख स्नान सुरुवात भएको छ । आजबाट तीर्थमा जाने, जल कुण्डमा जाने, पवित्र स्नान गर्ने र भगवानको स्मृति गर्नाले सम्पूर्ण पाप नास भइ मोक्ष प्राप्त हुने विश्वास रहेको छ ।

किन बसिन्छ पूर्णिमा व्रत ?
शुक्ल पक्षको अन्तिम दिन अर्थात् पूर्णिमामा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो हुने हुँदा यस दिन व्रत बस्नाले चन्द्रमाको असीम कृपा प्राप्त हुने र स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने विश्वासका साथ पूर्णिमा व्रत बसिन्छ । वैज्ञानिक हिसाबले हेर्दा पूर्णिमाको दिन पृथ्वीमा गुरुत्व बलको प्रभाव धेरै रहने र यस दिन व्रत बसेर भगवानको नाम स्मरण गर्दा आत्म शुद्धि हुने बताइन्छ । यस दिन व्रत बस्नाले मेटाबोलिक प्रक्रिया सुदृढ रहने, ग्यास्ट्रिक समस्याहरू हल भएर जाने र शरीरमा सकारात्मक ऊर्जा बढ्ने हुन्छ ।

पूर्णिमा व्रतका दिन विशेष कुन भगवानको पूजा अर्चना गरिन्छ ?
पूर्णिमाको दिन विशेष भगवान् शिव र विष्णुको आराधना गरिन्छ ।

पूर्णिमा व्रत कसरी लिने गरिन्छ ?
यस दिनको व्रत बिहान सूर्योदयको समयबाट साँझमा चन्द्रोदय भएसम्म गरिन्छ । कसै कसैले निराहार र निर्जल बसेर यस व्रत लिन्छन् भने कसै कसैले एक छाक मात्र खाएर, अलिनो आहार ग्रहण गरेर व्रत बस्दछन् । साँझमा चन्द्रोदय पछि चन्द्रमाको दर्शनसँगै व्रत समापन हुन्छ ।

(हाम्रो पात्रोबाट साभार गरिएको)