साहित्यकार आचार्य प्रभाको विधुर पुरुष सार्वजनिक भएको छ। साहित्य पोस्टले आयोजना गरेको एक समारोह बिच विधुर पुरुषको विमोचन भएको हो।
लघुकथा समाज नेपालको संस्थापक श्रीओम श्रेष्ठ रोदन, लघुकथा समाजको महासचिव सुमन सौरभ, साहित्य पोस्टको सम्पादक आश्विनी कोइराला र प्रकाश सायमीले कृतिको सार्वजनिक गरेका हुन्।
प्रकाश सायमीले नारी हस्ताक्षर कम भएको बेला अभाव र संकटसँग जुझ्दै कृति ल्याएकोमा बधाई थिए। सायमीले लेखकले लेखकले लिंग,जाति, क्षेत्र र भूगोल कसैलाई चोट नपु¥याई लेख्न निकै सजग हुनुपर्ने बताए।
राधेश्याम लेकालीले घरपरिवारको असल भूमिका निर्वाह गर्दै डायोस्पोरा साहित्यमा देन दिएको बताए।
लघुकथा समाजको महासचिव सुमन सौरभले लघुकथाको अभियानमा लघुकथाकार खोज्दै हिंडिरहेको बेला कहिल्यै नपढेको र नसुनेको व्यक्तिको गहन कृति आउनु आफैंमा सुखद् पक्ष रहेको बताए। उनले लघुकथा उत्कृष्ट विधा भइसकेको र समृद्धिको यात्रामा लागेको पनि बताए।
लघुकथा समाज नेपालको संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले विदेश गएपछि धेरै सर्जक डलरमोहमा लागेर लेखनबाट हराउँदै गएकोमा कथाकार निरन्तर रूपमा सक्रिय भएको बताए।
उनले नेपाली लघुकथा स्थापित भइसकेकाले विदेशी विद्वानको परिभाषा रटिरहनुको औचित्य नभएको पनि बताए। उनले ओझेल परेको संस्कृति र बिर्र्सिएको इतिहास खोज्न पनि सुझाव दिए।
कृतिकार आचार्य प्रभाले कथामा पुरुष पीडा बोल्न खोजेकी बताइन्। उनले भनिन्, ‘पुरुषको पनि आफ्नै पीडा हुन्छ। श्रीमती नहुँदा पुरुषमा कति असह्य पीडा हुन्छ भन्ने देखाउन कृतिको नामै विधुर पुरुष राखेकी हुँ।’
प्रमुख अतिथि भागिरथी श्रेष्ठले नेपाली साहित्यमा नारी हस्ताक्षर आउनु खुसीको रहेको बताइन्।
ममता मृदुलले सञ्चालन गरेको उक्त कार्यक्रम दर्जनौ साहित्यकारको उपस्थिति रहेको थियो।यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो




















प्रतिक्रिया दिनुहोस्