हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका–५ का ४८ वर्षीय मान बहादुर जिम्बा मिति १२ गते साँझ १० बजे घरमा बसिरहेको अवस्थामा अचानक लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। घटना बारेको खबर १३ गते दिउँसो १ बजे प्रहरीचौकी सिमभन्ज्याङमा प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरी निरीक्षक कृष्ण मोहन प्रसाद गुप्ताको कमाण्डमा घटनास्थल सुरक्षित राखिएको र इ.प्र.का. पालुङबाट प्र.नि. रुक्शा बज्राचार्यको नेतृत्वमा एससिओ टोली खटेर मुचुल्का प्रक्रिया सम्पन्न गरेको छ। मृतकलाई पोष्टमार्टमका लागि हेटौडा अस्पताल पठाइएको छ ।
घटना स्थल प्रहरी सिमभन्ज्याङबाट करिब ५ किलोमिटर पूर्व र पालुङबाट १८ किलोमिटर दक्षिणपूर्वमा पर्दछ। प्रहरीले मृत्युको कारण स्पष्ट नभएको बताउँदै अनुसन्धान जारी रहेको जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्