
रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका वडा नंं २ स्थित चौकिटोलमा रहेको ॐ बृद्धाश्रममा ब्हील चियर तथा बेड हस्तान्तरण गरिएको छ।
जेसी योगेश बाँनियाको संयोजकत्वमा भएको हस्तान्तरण कार्यक्रम जेसीआई हेटौडाले आयोजनामा गरेको हो ।
जेसीआई हेटौडा वर्ष २०२५ का शाखा अध्यक्ष जेसी पंकज दास बाँनियाको सभाअध्यक्षता र वडा नं २ का अध्यक्ष बिष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यतामा गरिएको हो ।
जेसीआई हेटौंडा वर्ष २०२५ का महासचिव संजय कुमार न्यौपानेले संचालन गरेका हुन् भने जेसीआई हेटौडाका नि।वर्तमान अध्यक्ष तथा नेपाल जेसीज वर्ष २०२५ मा राष्ट्रिय महासचिव सिनेटर विकेश लाल श्रेष्ठको बिशिष्ट आतिथ्यता भएको हो ।
ॐ बृद्धाश्रमका अध्यक्ष सिद्दिलाल श्रेष्ठ, संरक्षक बुद्धिप्रसाद पौडेल, जेसीआई हेटौडा वर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष बिश्व प्रसाद गौतम, जेसीआई हेटौडा वर्ष १९९१ का शाखा अध्यक्ष सँगै नेपाल जेसीज १९९८ का राष्ट्रिय कानुनी सल्लाहाकार जेसी गणेश कुमार श्रेष्ठ, जेसीआई हेटौडाका पूर्व अध्यक्षहरु, बोर्डका पदाधिकारी, सदस्यहरु एवम् आश्रमका पदाधिकारीहरुको उपस्थितिमा गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्