राजेश गरिब –  फागुन २३ गते देखि नेपाल सहित विभिन्न देशहरूमा नेपाली फिल्म ‘होस्टेल ३’ प्रदर्शनमा आउने भएको छ ।
शुक्रबार रिलिजमा दुई हलिउड फिल्म भए पनि नेपाली फिल्म ‘होस्टेल ३’ पनि प्रर्दशन हुन लागेको छ ।
तेस्रो श्रृंखलाको रुपमा निर्माण भएको फिल्म ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक भएपछि दर्शकहरुले राम्रै प्रतिक्रिया दिएका छन् ।

‘होस्टेल’का अघिल्ला दुई श्रृंखलाले राम्रो व्यापार गरेका थिए । त्यसले गर्दा पनि यस फिल्मलाई दर्शकहरुले मन पराउनेमा ‘होस्टेल ३’ का निर्माण टोलीहरु आसाबादी छन् ।

……………………………………………………………………………………………………

हेटौंडामा हेर्न चाहनेहरुका  NS cinemas, Narayani Mall Hetauda -4

लागि थप जानकारी लिन   057-520949

………………………………………………………………………………………………….

अनमोल केसी, सलोन बस्नेत, स्वस्तिमा खड्का, नाजिर हुसेन लगायत कलाकारहरु अघिल्लो श्रृंखला ‘होस्टेल’ बाट उदाएका थिए ।
‘होस्टेल ३’ले पनि नयाँ कलाकारलाई स्थापित गर्ने अनुमान गर्न सकिन्छ ।

ट्रेलरमा देखिए अनुसार होस्टेलमा बसेर पढ्ने विद्यार्थीहरूको रमाइलो र संघर्षको कथामा फिल्म आधारित छ ।
बिद्यार्थी युवाहरूको कलेज जीवनका क्षणहरू होस्टेल जीवनको रमाइलो पक्ष संगै प्रेम, द्वन्द्व, त्याग, सङ्घर्ष र षड्यन्त्रलाई कथामा उतारिएको अनुमान गर्न सकिन्छ।

टिकटकमा कुलब्वाईको नामले चिनिने पारस बम ठकुरीको फिल्ममा अभिनय रहेको छ ।

साथमा भुटानका नेपाली गायक ‘भ्वाइस अफ नेपाल’को चौथो संस्करणमा उत्कृष्ट १० स्थानसम्म पुग्न सफल रिहान गिरी, चर्चित टेलिश्रृङ्खला ‘मेरी बास्सै’मा ‘माग्ने बुढा’को नामबाट परिचित प्रसिद्ध कलाकार केदार घिमिरेका छोरा आशिष घिमिरे,
भारतको सिक्किमका स्थायी बासिन्दा कमेडी कलाकार पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, र समा पराजुली रहेका छन्।
यही चलचित्रबाट डेब्यु गरेका कलाकार समेत हुन् ।

सशान कँडेलको निर्देशनमा बनेको फिल्ममा निर्देशक कँडेल स्वयंको कथा र माधव शर्माको पटकथा तथा संवाद रहेको छ ।

सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म्सको सहकार्यमा निर्माण गरिएको चलचित्रमा सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारीको निर्माण तथा कार्यकारी निर्माता शङ्कर कोइराला हुन् । सह निर्माताहरू शिशिर ज्ञवाली, कुन्दन गुप्ता, गणेश मगर र अनीश सिग्देल हुन् ।

अर्जुन तिवारीको डिओपी, बुद्ध थापा र मनोज खत्रीको सिनेमाटोग्राफी, हिमाल केसीको द्वन्द्व र विकास दाहालको सम्पादन छ ।
काठमाडौं उपत्यकामा काफिया काफिया फिल्म्स (गोविन्द शाही) र उपत्यका बाहिर आरआर फिल्म्स (रोहित कट्टेल, रत्न श्रेष्ठ) फिल्मको वितरण गर्नेछन्।