हेटौंडा उपमहानगरनगरमा फेरिपनि –विषालु सर्प किङ्गकोब्रा सर्प उद्धार गरिएको छ ।
हेटौंडाका पत्रकार राजेश थापा (गरिब ) र रोशन  दिपले  वडा नम्बर – १९ बस्तीपुर ३ ताप्के सडक छेउकै घरको खोरभित्रबाट किङ्गकोब्रा सर्प उद्धार गरेका हुन् ।

उद्धार गरिएको किङ्गकोब्रा किङ कोब्रा सर्प डिभिजन वन कार्यालय मकवानपुरको समन्वयमा निषेधित वन क्षेत्रमा पुनः छोडिएको छ।

 

संचारकर्ममा समेत सक्रिय रहेका  हेटौंडाका राजेश ‘गरिब’ र  रोशन दिपले हालसम्म हेटौंडा क्षेत्रको सबै वडाबाट विभिन्न प्रजातिका सर्प उद्धार गरिसकेका छन्। हालसम्म किङ्गकोब्रा मात्रै यो सातौँपटक उद्धार गरेका हुन् ।

हेटौंडा -९ बाट ( १ ) हेटौंडा -१० बाट (१) हेटौंडा – १६ बाट (२) र हेटौंडा -१९ बाट (१) त्यस्तैगरि मकवानपुरगढी र बागमती गाँउपािलका बाट (१,१) गरि ७ वटा किङ्गकोब्रा सर्प उद्धार गरिसकेका छन् ।

हेटौंडा -१९, मा किङ्ग कोब्रा सर्प सडक क्रस गर्न लाग्दा राजमार्ग सडकमा चलेको सवारीका कारण फक्रिएर खोरभित्र पसेपछि खोरको ढोका बन्द गरेर उद्धारका लागि खबर गरेका थिए ।

सर्प देखियो भनेर खबर आउन साथ मानव र सर्पको रक्षा हुनेगरि निशुल्क सेवा दिएर उद्धारकार्यमा खटिएको भन्दै स्थानीयहरुले खुसी व्यक्त गरे ।सोही क्रममा स्थानीय महेन्द्र भोलनले सर्प देख्ने बित्तीकेै छाएको डरको अन्त्य अनि मानव र सर्पको रक्षामा खटिनु महत्वपुर्ण कार्य भएको बताए ।

मानव जिवनका लागि सर्प महत्वपुर्ण भएतापनि सर्पमा कुनै दख्ल परेको भए जे पनि हुन सक्थ्यो। तर, यसरी सर्प उद्धार गरेर समाजमा चेतना अनि मानव र सर्पको रक्षा गरेको भन्दै धन्यवाद व्यक्त गरे ।

विषालु वा अविषालु जुनसुकै सर्प भए पनि मार्ने होइन, उद्धार गरी जंगलमा फिर्ता पठाउने संस्कृतिको विकास हुनुपर्छ । सर्पहरूले सन्तुलन कायम गर्न ठूलो भूमिका खेलेका हुन्छन् । यसै अभियानमा सर्प संरक्षणका लागि बोलाई दिएको भन्दै गरिब र दिपले धन्यवाद व्यक्त गरे ।

मकवानपुर, बागमती, गढी छिमेकी जिल्ला बारा र पर्साबाट पनि विषालु गरेर १८ प्रजातीका सर्पहरु उद्धार गरिसकेका छन्। उनीहरूलाई स्थानीयहरूले पत्रकार संगै “सर्प उद्धार स्वयंसेवक” भनेर समेत चिन्छन्।

विषालु सर्पहरुमा किङुगकोब्रा सर्पसंगै मोनोस्लेड कोब्रा, स्पेटिकल कोब्रा, बेन्डेड करेट, कोरल स्नेक, ग्रिन पिट भाइपर, रेडनेक किलव्याक भेटिने गरेको जानकारी दिएका छन् ।

त्यस्तैगरि हल्का विषालु सर्पहरुमा फ्रोस्टेन क्याट स्नेक, अर्नेट फ्रलाईङ्ग स्नेक, कमन क्याट स्नेक भेटिने गरेका छन् ।
त्यस्तैगरि अविषालु सर्पहरु कपर हेडेट ट्रिङ्केट, कमन ट्रिङ्केट, ट्वीन स्पोटेट, उल्फ् स्नेक, बफस्ट्रीप्ड किलव्याक, चेकर्ड किलव्याक स्नेक, र्याट स्नेक, ब्रोन्जव्याक ट्रि स्नेक भेटिएका छन् ।
सर्प विशेषज्ञहरुले गरेको खोज अनुसार विषेश गरि नेपालको दुई हजार मिटर को उचाइभेगसम्म पनि सर्प पाइन्छन् ।

…………………………………………….

(विश्वकै सबै भन्दा ठुलो , लामो र विषलु मानिने सर्प किङ कोब्रा, ,सर्पको राजा राजगोवन र कालीनाग समेत भन्ने गरिन्छ ।
यसको वैज्ञनिक ओफियोफेगस हाना हो। ‘ओफियो’ को अर्थ सर्प र ‘फेगस’ को अर्थ खाने भन्ने हुन्छ — अर्थात् यो प्रजाति प्रायः अन्य सर्पहरूलाई नै खान्छ। यही कारण यसलाई “सर्पको राजा” भनिन्छ। यो सर्प औसतमा १८ फिट सम्म लामो हुन्छ। यसको टोकाइमा हुने न्युरोटक्सिक भेनम अत्यन्त घातक हुन्छ — एक पटकको टोकाइले करिब २० जना मानिस वा एक हातीसम्म मर्ने भेनम विषको मात्रा हुन्छ।
विज्ञका अनुसार, किङ्ग कोब्रा बुद्धिमान र संवेदनशील सर्प हो। यो अनावश्यक रूपमा आक्रमण गर्दैन। मानव सम्पर्क नहोस् भन्ने प्रयासमा नै प्रायः जंगलतर्फ लाग्छ। जब यसको बासस्थानमा दखल पर्छ, त्यतिबेलामात्र यो आक्रामक बन्छ।)

…………………………………………………………………….