मकवानपुर जिल्लाको पूर्वी भेगमा पर्ने बकैया गाउँपालिका अन्तर्गत बागमती र बकैयाको सीमाको देउडी डाँडामा हेटौंडाका सञ्चारकर्मी राजेश गरिब माथि घटेको घटना सामन्य थिएन । त्यो घटनाको मुख्य पात्र राजेश थापा क्षेत्री राजेश गरिब थिए ।
त्यो समय गाउँको छेउमै सर्पहरुमध्य विश्वकै सबैभन्दा लामो विषालु सर्प किङ कोब्रा सर्प देखिएपछि स्थानीयहरू त्रसित थिए । बिहानैदेखि नै स्थानीयहरुले फोन मार्फत सर्प उद्धार गरिदिन आग्रह गरिरहेका थिए । २०८३ साल जेठ १९ गते बिहान करिब ७ बजेतिरको समय थियो ।
बागमती गाँउपालिका र बैयाको सिमामा किङकोब्रको डर र त्रास व्यक्तगर्दै स्थानीय तिलक तितुङले फोन गरेका थिए । सुरुमा सर्प आफैं जंगलतिर फर्किन सक्ने अनुमान सुनाएको थिएँ । तर, स्थानीयको डर बढ्दै गयो भन्दै केही फोनहरू निरन्तर आइरहेपछि जनप्रतीनिधी, बनडिभिजन र सरोकारवालाई खबर गर्न सुझाव दिएका थिए ।
…………………………………………….
सर्प रेस्क्यु गरेर आउनु है छोरा
विश्वकै सबैभन्दा लामो ठुलो र विषालु किङ कोब्रा उद्धारकै क्रममा टोकेपछि अस्पतालतर्फ दौडिरहेको गाडीभित्रबाट राजेश थापा क्षेत्री राजेश गरिबले आफ्ना छोरा रोशन दीपलाई भनेका यी शब्दले धेरैलाई अचम्मित बनाईरहेको छ ।
…………………………………………….
स्थानीयहरुले सबैलाई खबर गरेको र उद्धार गरिदिन गरेको बाराम्बरको अनुरोधपछि मकवानपुरका सञ्चार क्षेत्रमा कर्म गरिरहेका सञ्चारकर्मी राजेश गरिब र रोशन थापा क्षेत्री रोशन दिप मानव र सर्प संरक्षणको अभियान बोकेर हेटौंडाबाट किङकोब्रा उद्धारका लागि निस्किए।
राजेश र रोशन सञ्चारकर्मी संगै वर्षौंदेखि निःशुल्क रूपमा माव बस्तीको घरघर पुगेर सर्प उद्धार गर्दै आएका छन् । उनीहरूले यसअघि १३ वटा किङ कोब्रा सफलतापूर्वक उद्धार गरिसकेका थिए । बकैया देउडी डाँडाको यो अभियान १४ औं किङ कोब्रा उद्धार अभियान थियो ।
बिहान ७ बजेदेखिको निरन्तर फोेनपछि करिब ९ बजेर १० मिनटको समयमा हेटौंडाबाट बागमती सूरुहुने बकैयाको अन्तिम स्थान देउडी डाँडा तर्फ हानिए । सोही यात्रामा चौघडा, हटिया, फुर्केचौर, श्रीपुर ओरालो, छतिवन, हात्तिसुँडे तर्फ लम्कदैगर्दा निरन्तर मोबाइलमा कल आइरहेको थियो । स्थानीयले भन्दै थिए छिट्टै आउनुन ।
मानिसमा सर्पको हाभि भएको डर अनि सर्पले त तत्काल हमाल गर्छ डस्छ मार्छ भन्ने मानसिकताको सिकारले सताई रहेको अवस्थामा उद्धारको लक्ष्य सहित हानिदै थिए राजेश गरिब र रोशन दिप । बिहान १० बजेतिर घटनास्थल पुगेपछि सो स्थानमा स्थानीय, वन डिभिजन मताहातको सवडिभिजन, सरोकारवालहरुको उपस्थिति भएका थिए भने अब उद्धार हुन्छ, हामी सुरक्षित हुन्छौँ भन्दै त्रासबाट बाहिर निस्कने कोशिर गरिरहेका थिए ।
कहिलेकाँही भाग्य बलियो हुन्छ
सामाजिक कामका हिसाबले काम गर्दै यस समयसम्म लगभग ४०० भन्दा अधिक जसमा १७ प्रजातिका बिभिन्न सर्प उद्धार गरेसंगै उनीहरूका लागि यो नयाँ अनुभव थिएन । तर कहिलेकाहीँ अनुभवले फेल खानु र भाग्य बलियो हुने प्रमाणित हुन । बिहानको करिब १० बजेतिर घटनास्थल पुगेर गर्मीको ताातो घाम, तात्तिएको सडक अनि स्थानीयको त्रास सबै नियालेर रोशन दिप र राजेश गरिबले उद्धार प्रक्रिया सुरु गरे । वन कार्यालयका कर्मचारी, प्रहरी र स्थानीयहरू सबैको ध्यान किङ कोब्रातर्फ थियो। अचानक केही समयमै परिस्थिति उल्टियो । उद्धारको क्रममा राजेश गरिबलाई किङ कोब्राले टोक्यो ।
……………………………………………………………………………………………………………………………………………………………………
विश्वकै सबैभन्दा ठूलो, लामो र विषालु सर्प किङ कोब्रालाई राजगोमन र कालीनाग पनि भनिन्छ । किङ्ग कोब्रा आहारकालागि सर्पलाईनै शिकार बनाउछ । सर्प खाने सर्प भएकाले यसको वैज्ञानिक नाम ओफियोफेगस हाना हो । यसको टोकाइमा पाइने न्यूरोटक्सिक भेनम विष अत्यन्त घातक हुन्छ । किङ्ग कोब्राको एक पटकको टोकाइले करिब २१ जना मानिस वा एउटा हात्तीलाई मार्न सक्छ । तर, पनि किङ्ग कोब्रा सर्पले हत्तपत्त मानिसहरुलाई टोक्न खोज्दैन । मानिसहरुबाट सकेसम्म टाढा बस्न रुचाउँने किङ्ग कोब्रा मात्र एउटा यस्तो सर्प को जसलाई देख्नसाथ बाघ हात्ती जस्ता ठूला जनावहरु पनि पछि सर्छन । जसले टोक्दैन र टोकेमा जिवित रहेको घटना विरलै छ । त्यही सर्पले राजेश गरिब लाई टोकेपछि त्यो क्षण त्यहाँ उपस्थित धेरैका लागि डर, त्रासको क्षण बन्यो।
……………………………………………………………………………………………………………………………………………………………………
किङ कोब्राको टोकाइ संसारकै खतरनाक सर्पदंश घटना
किङकोब्रा उद्धारका क्रममा सर्पदंशममा परेपछि उद्धारका दृश्य हेर्न सडकमा निजि सवारी रोकेका ४ जना जो भगवानको रुपम खडा भएका थिए । सिन्धुली तर्फबाट हेटौंडा तर्फ विशेष काममा यात्रागर्दै गर्दा सडकमा रोकिएका ४ जना लालबहादुर बुढाथोकी, पुर्ण खत्री, महेन्द्र देव श्रेष्ठ र देव घिसिङ्ग जो मानव थिए उनिहरु देवता बन्न पुगे ।

ढिलाइ नगरी तत्काल आफ्नै निजी सवारीमा उनलाई अस्पतालतर्फ लगे । तर, त्यस्तो गम्भीर अवस्थामा पनि राजेश गरिबको चिन्ता आफ्नो जीवनभन्दा बढी अधुरो रहेको किङकोब्रा उद्धार र मानव संरक्षण अभियान थियो ।
‘किङ कोब्रा रेस्क्यु गरेर आउनु है छोरा’
विश्वकै सबैभन्दा लामो ठुलो र विषालु किङ कोब्रा उद्धारकै क्रममा टोकेपछि अस्पतालतर्फ दौडिरहेको गाडीभित्रबाट राजेश थापा क्षेत्री .राजेश “गरिब” ले आफ्ना छोरा रोशन दीपलाई भनेका यी शब्दले धेरैलाई अचम्मित बनाईरहेको छ ।
निजि सवारी साधन राजेश गरिबलाई लिएर अस्पतालतर्फ
सो स्थानबाट उकालो ओरालो सडक पार गरेपछि कारिब ३५ किलो मिटरमा रहेको अस्पताल पुगिने गन्तब्य थियो । तर , बुवाले आफु मृत्यु नजिक पुगेपनि सर्प र मानवको चिन्ता यो सोच प्रति धेरैको ध्यान तानिएको थियो । छोरालाई सर्प उद्धार गरेर आउ बुवाले भन्नु कस्तो अचम्म!
बुवालाई अस्पताल पठाएपनि बुवा गुमाउने हो या जोगिने त्यो कुनै पक्का नभएको अवस्था । जटिल परिस्थितिको सामना गर्दै मनको पिडा मनमै लुकाएर सर्प र अन्य मानिसको सुरक्षाको चिन्तामा सर्प उद्धार गर्न सो स्थानमा छोरा रोकिनु । यो सोच्ने हो भने यसमा के भन्ने कुनै शव्द नभेटिन सक्छ । तर, केही व्यक्तीहरुले गरेको प्रतिक्रिया तर्फ ध्यान दिने हो भने समाजमा रहेर सेवाका भावले निःशुलक काम गर्नुपनि सामाजिक अपराध हो भन्ने परिरहन्छ ।
सर्पहरु उद्धार गर्दैगर्दा सर्पले टोकेको अवस्थामा तत्काल सरकारी अस्पातल जान सुझाव दिदैँ गर्दा यसपटक जति छिटो हेटौंडा अस्पताल पुग्नुपर्ने अवस्थामा निजि सवारीमा सेवाभावी व्यक्तीहरुले अधिक गतिमा गाडी कुदाईरहेका थिए । जिवन बाट केही पर मृत्युको छेउमै पुगेका राजेश गरिब बच्न् पर्छ भन्ने अञ्जान जो त्यो समयमा भगवान बनेर अस्पताल तर्फ कुदाई रहेका थिए लालबहादुर बुढाथोकी, पुर्ण खत्री, महेन्द्र देव श्रेष्ठ र देव घिसिङ्ग उनिहरु संग तत्काल सामाजिक अभियान्ता हेटौंडाका विशाल राज महतलाई फोन गर्न आग्रह गरे ।
स्नेक बाइट भएर हेटौंडा अस्पताल ल्याइदै गरेको र उपचारको व्यवस्था मिलाउन एन्टी स्नेक भेनम र आवश्यक उपचारको तयारी गर्न अनुरोध सहितको गहन जिम्मेवारी दिए ।
अस्पताल ल्याइदा सम्म किङकोब्राले टोकेको भिडियो सामाजिक सञ्जालमा व्यापक भाइरल भइसके छ । अब यो व्यक्तीलाई हेर्न पाइन्छ या पाइदैन भनेर ततकाल अस्पताल सम्म हेर्न आइपुग्नेहरु निकै थिए । डिभिजन बन हेटौंडाका प्रमुख, वन अधिकृत, बिशालराज महत लगायत सम्पुर्ण कर्मचारी हेटौंडा अस्पताल पुगेर यो व्यक्ती जोगाउनु पर्छ भन्ने तर्फ नै थिए।
हेटौंडा अस्पताल करिब १०ः ५० बजे हेटौंडा अस्पताल पुग्दा एन्टी स्नेक भेनम लगायत बिभन्न मेडिसिन र आवश्यक उपचारका लागि उपचार टोली तयारी अवस्थामा थिए । हेटौंडा अस्पतालमा सर्पले टोकेको उपचार हुँदैन भन्ने फैलिएको भ्रमका विच किङकोब्राले टोकेको उपचारका लागि आकास्मिक सेवामा खटिने डा. स्वास्थ्यकर्मी , डा. हरिबहादुर खड्का लगायत टोली जटिल चुनौतीमा होभिएका थिए ।


सबैले निकै चासो लिएर तत्काल एन्टी स्नेक भेनम लगायत आवाश्यक मेडिसिन दिइयो ।
सो खबर पाएर घरपरिबारमा श्रीमती गिता कार्की कान्छो छोरा रोहित थापा आमा मञ्जु देबी थापा पुगेका थिए । आफ्रनो मान्छे गुमाउनुपर्ने होकी भन्ने डर समाजकै लागि निस्वार्थ काम गरेकाले भगवानको दया हुन्छ डा. ले उपचार गर्छन् भन्ने विश्वास लिएका थिए । अनि पुर्ण थप उपचारका लागि आइसियुमा सारियो। त्यतिबेला सम्म एनटि स्नेक भेनम १२ भायल र अन्य मेडिसिन दिइएको थियो । अझैपनि उपचारमा अस्पतालका लागि निकै चुनौती थियो । त्यो चुनौती मोल्न अस्पताल तत्पर थियो । मातत्र विरामी पक्षबाट निर्धक्क भएर उचार गर भन्नु नै अस्पतालका लागि महत्वपुर्ण थियो ।

त्यसपछि सुरु भयो मृत्य नजिक पुगेर जिवनतर्फ फर्कन गरेको संघर्ष
आइसियु वार्डमा खटिने अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा डा. हरिबहादुर खड्काले उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै कोशिस रहयो । डा. स्वास्थ्यकर्मी, अस्पतालमा कार्यरत बिभिन्नको अ आफ्रने काम अनुसार ३६ घण्टा सम्म आइसियु वार्डमा खेलेको भूमिका सानो भने पक्कै होइन । एन्टी स्नेक भेनमले विषको असर नियन्त्रण गरे पनि समस्या त्यतिमै सिमित रहेन टोकेको भागमा गम्भीर सुन्निने, संक्रमण हुने र घाउ पाक्ने समस्या निम्तिएको थियो । आइसियुमा उपचार चलिरहदा भेट्न र खबर बुझ्न अस्पताल आईपुग्नेहरुको संख्या गणना गर्न सक्नेनै थिएन । तर , यहि घटनामा सर्प समात्ने मान्छे बाटोको सर्प समात्यो, लापरवाही लयातका टिप्पणी गर्ने केही व्यक्ती पनि नभएका होइनन् । त्यही विच जो माया गर्ने, शुभचिन्तक हरु थिए । समाजकालागि कामगर्ने व्यक्ती हो नि:शुल्क काम गरेको छ । हामी सयोग गर्न तयार छौँ भन्नेहरुको भिड नै थियो । आइसियु वार्डमा भेट्न आउनेहरुको संख्या निकै रहेछ । उपचार भएरहेको समयमा वार्डमा भेट्न निश्चित समय हुने भएकाले अधिकांस व्यक्तीहरु पुग्न नसकेको अवस्था पनि थियो । सोहीक्रममा बाराका दिपक नेपाल जो सर्प उद्धारको चर्चित नाम हो ।

दिपक र दिपकको जिवन संगिनी अमृता नेपाल तत्काल आयसियु वार्डमै भेट्न आइपुग्नु भएको थियो । आइसियु वार्डमा उपचार भइरहेको खबर डा. विक्रमादित्यले गरेपछि अनिल कुमार खाती तत्काल पुग्नु भयो । अनिल कुमार खाती जो हेटौंडामा अवस्थित रोडियो बुलेटिनका प्रबन्धक निर्देशक हुनुहुन्छ । जसले सधै हरेक कष्टमा साथ दिन हौसला दिन तयार हुने व्यक्ती हुन् । उनको महत्वपुर्ण भूमिकामा रहयो ।
उपचारका क्रममा नेपाल सरकारले दिएको एनटी स्नेक भेनम निःशुल्क प्राप्त हुन् अनि सरकारले ल्याएको स्वास्थ्य विमा प्रयाप्त थिएन । जटिल समस्यामा बिभिन्न औषधीमा अर्थिक पक्ष बलियो हुनैपर्ने समस्या थियो नै । उद्धारकर्ता आर्थिक पक्षबाट बलियो थिएनन् । हरकदम आर्थिक पनि आवाश्यक नै थियो । समाजकै काम गर्ने व्यक्तीहो भन्दै सोही विचमा दिपक नेपाल र डा. हरिबहादुर खड्काको तर्फबाट केही आर्थिकपक्षबाट पनि सहयोग रहेको थियो । संंकटको घडीमा विशाल राज महत, अनिल कुमार खाती, बाराका सर्प उद्धारकर्ता दीपक नेपाल, अमृता नेपाल , पुर्वका सर्प उद्धारकर्ता गणेश श्रेष्ठ लगायत थुप्रै शुभेच्छुकहरूले आर्थिक, नैतिक र मानवीय सहयोगको भुमिकामा उभिएका थिए ।
जटिल समस्या पर्न सक्ने अनुमान सहित आइसियु वार्डमा करिब ३६ घण्टाको पुर्ण निगरानी र उपचार पछि सुधारको संकेत देखिएपछि जनरल वार्डमा सिफ्ट गर्न सकिने अनुमान पनि गरियो । जनरलवार्डमा सारिने र स्नेक भेनको पाटो सकिदै गर्दा टोकेको भागमा केही कठिनको संंकेत देखियो । त्यसपछि शल्यचिकित्सकहरूको समन्यमा जनरल वार्डमा राखेर उपचार गर्न मिल्ने भएपछि जनरलवार्डमा सारियो ।

सामाजिक अभियानलाई बचाउने प्रयास अनि शुभचिन्तकको कामना
आइसियु वार्डमा उपचार पछि वार्डमा सार्ने तयारी गर्दागर्दै टोकेको भागमा सोइलिङ्गको क्रम बढ्न थाल्यो । त्यसपछि शल्यचिकित्सकहरूको टोली उपचारमा जुट्यो। बिभिन्न परिक्षण गर्ने कार्यसंगै अस्पतालको तर्फबाट भरपुर प्रयास रहयो । टोकेको भाग क्रमसः बढ्ने क्रम रोकिएन ।

सो स्थानमा सर्जरी गर्नुपर्ने या औषधीले कम हुन्छ यो भने केही समय पर्खर्नै पर्ने भयो । जनरलवार्डमा उपचार पद्धती केही समय चलिरहेपछि घाउको सर्जरी गर्नुपर्ने अवस्था आउन सक्ने तर तत्काल केही गर्न नमिल्ने भन्दै बिभिन्न औषधी लिनपर्ने डा. को सल्लाह भयो। यसविचमा जनरलवार्डमा उपचार चलिरहँदा भेटघाट गर्न आउनेहरु पनि निकै थिए । बिभिन्न माध्यमाबाट स्वास्थ्य अवस्थाको खबर लिने देखि माया शुभकामना दिनेहरु र सहयोग गर्छु भन्नेहरुको नाम गणना गर्नै सकिदैन ।
अस्पतालको ६ दिनको बसाइपछि पुनः परिक्षणपछि डा. हरुकै निर्देशनमा ततकाल घरजान सकिने र फ्लेअफका लागि ३ दिनमा अस्पताल डा.संग भेटगर्नुपर्ने र टोकेको भागमा समस्या भए सर्जनसंग भेटघाट गर्नै पर्ने गरि डिसचार्जको प्रक्रिया भयो । तत्काल घर आएतापनि टोकेको स्थान घट्नुको नामै थिएन । यो विच डा. हरिबहादुर खड्का अनिल खातीले हरेक खबर लिइरहेको अवस्था थियो । टोकेको स्थानमा अलिक कठिन भएपछि डा. हरिबहादुर खड्काले तत्काल अस्पताल आउन भनेपछि आकास्मिक सेवामा परिक्षण गर्दा सर्जरी गर्न नमिल्ने देखियो । क्रमसः औषधीमै सिमित रहयो । २०८३ जेठ ३० गते डा. हरिबहादुर खड्काले घाउको अवस्था बुझ्न भन्दै मकवानपुर सहकारी अस्पताल बोलाएपछि हेरेर सर्जरी गर्नै पर्ने भयो ।

सरकारी अस्पतालमा बिदाको समय परेकाले डा. खड्काले मकवानपुर सहकारी अस्पतालसँग समन्वय गरी आवश्यक शल्यक्रियाको व्यवस्था मिलाए । उपचारको प्रत्येक चरणमा महत्वपुर्ण सहयोगको हात अघि बढ्यो । जाँहा आर्थिक पक्षमा समेत समस्या भएन ।
घाउको सर्जरीपछि निरन्तर डा. खडकाको महत्वपुर्ण भूमिका रहिरहयो । बिरामीको उपचार मात्र थिएन, एउटा सामाजिक अभियानलाई बचाउने प्रयास धेरै व्यक्तीहरुको थियो । उनी हाल जीवित छन् । टोकेको स्थानमा संक्रमणको उपचार भइरहेको छ । यति ठुलो दुर्घटनामा पनि बिचल्ली भएका छैनन् । फेरि समाजकै सेवामा रहिरहने संकल्प मजबुत बनाएका छन् ।
……………………………………………………………………………………………………………………………………………………………………….
पत्रकारिता क्षेत्रमा सक्रिय राजेश गरिब र रोशन दिप मानव र सर्पबीचको भयपूर्ण दूरी घटाउने अभियान मकवानपुरमा रहेर पत्रकारिता गरिरहेका राजेश गरिब र उनका छोरा रोशन दिप कुनै संघ–संस्था या कुनै सरकारी वा निजी निकायको तलब–भत्तामा सेवा दिइरहेका व्यक्ति होइनन् । तर, पनि समाजमा सेवा गर्न भनेर कुनै पद, तलब वा परिचयपत्रले होइन—एक साधारण तर दृढ संकल्प बोकेर उदाहरण बनेका छन् । पत्रकारितासँगै मानव र सर्पबीचको भयपूर्ण दूरी घटाउने अभियानमा सर्प उद्धारलाई जीवनको बनाएका हुन्।
पत्रकारितालाई केवल समाचार लेख्ने पेशा मात्र होइन, समाज बदल्ने माध्यम ठानेर राजेशसँगै उनका छोरा रोशन दीपले पनि यो अभियानमा साथ दिएका छन् । सर्प उद्धारको जोखिमपूर्ण यात्रामा फोनको घण्टी बज्नेबित्तिकै उनीहरू बिना हिच्किचाहट घटनास्थलतर्फ दौडिन्छन्।
रातको सन्नाटामा, वर्षाको झरीमा, अँध्यारो गाउँको गोरेटो कहिले वर्षाको मुसलधारे पानी—तर यी सबै बाधाभन्दा माथि उठेर एउटै प्रतिबद्धता बोकेर उद्धारका लागि दौडिरहेका हुन् ।
……………………………………………………………………………………………………………………………………………………………………….
मेरा लागि जीवनकै कठिन परीक्षा : रोशन दिप

आँखाअगाडि २०८३ जेठ १९ गतेको दुर्घटना । किङ कोब्राको टोकाइमा बुवा पर्नु एउटा छोरा हुनुको कर्तव्य बुवाको निम्ति उभिनु अर्को सामाजिक भावमा कामगरिरहेको व्यक्ती जीवनकै कठिन परीक्षा थियो मेरा लागि । किनकी हतपत्त नटोक्ने टोकेपछि जिवनै नरहने अवस्था थियो । जसले टोकेर नेपालमा एकजनको मृत्यु भएको घटना फेला परेको छ । विश्वमा ६ जन मात्र जिवित भएका छन् । त्यसैले बाबा गुमाउनुपर्ने हो कि भन्ने डर थियो ।
बुबालाई किङकोब्राले डसेको केही समयमै गाडीमा राखेर आँखामा आँसुका धारा संगै अस्पतालतर्फ पठाएँ । म बुवासँगै जान सक्ने अवस्था थिएन । किनकी अधुरो काम किङ कोब्रा रेस्कियु गर्नुपनि थियो । बुवाले पनि छोरा सर्प उद्धार गरेर आउ है । त्यो पनि पुरा गर्नुनै थियो । अस्पताल पुग्न करिब ४० मिनेटको यात्रा आफु घटना स्थल बुवालाई ४ जना मानवबा रुपमा आएका भगवानको जिम्मा लगाएर पठाँए ।
तर त्यो ४० मिनेट मेरोमनमा खेलेका अनगिन्ती भाव बुबाको अवस्था के होला, उहाँ बाँच्नुहुन्छ कि हुन्न भन्ने कुराले सुनामी भन्दा कम थिएन । शरीर डरले काँपिरहेको अवस्था सँगै हातहरू थरथराइरहेका थिए । बुबा जीवनभन्दा केही पर मृत्युको नजिक पुगेर चलिरहेको युद्धमा अर्कोतिर गाउँलेहरुको बीच किङ कोब्रा या मानिस जो पनि पुनः मृत्युको मुखमा धकेलिन सक्ने दुर्घटना रोक्नुपर्छ भनेर आफैलाई सम्झाएर— म घटनास्थलमै उभिएको थिएँ। त्याहाँ कुनै आर्थिक या कुनै लामभमा नभएर सेवाका भावमात्र थियो । पीडा र चिन्तालाई मनभित्रै कैद गरेर केहीबेरमा किङकोब्रा उद्धार गर्न सफल भएँ । बिभिन्न प्रजातीका सर्पसँगै किङ कोब्राबारे गलत धारणा बिना कारण आक्रमण नगर्ने कुरा बारे जानकारी दिएर मानवमा रुमलिएको डर, किङ कोब्राको महत्व बुझाएँ । त्यसपछि उद्धार गरेको किङकोब्रा झोलामा बोकेर तत्काल बुवाको निम्ति अस्पतालतर्फ लागेँ।
यात्रामा भारतका चर्चित सर्प उद्धारकर्ता देखि विज्ञहरुसंग जानकारी लिदै यात्रा गरिरहेको थिएँ ।भारतका चर्चित व्यक्तीहरु बपीदा, नवनित, मोहित कश्यप लगायत सर्प विज्ञहरुसंग कुरा पनि गरिरहेको थिएँ । उकालो ओरालो, भिरालो लाग्ने सडक अगाडी केही देखिएको थिएन।
जब अस्पताल पुगेँ त्याँह धेरै शुभचिन्तक शुभेच्छुक डा. स्वास्थयकर्मीहरुले बाबालाई बचाउने संकल्प सहित उपचारकाखटिएको देख्दा केही शान्तिको श्वास फेरिरहेको थिएँ । तर विश्वकै लामो ठुलो र विषालु सर्पको टोकाई भएकाले अनगिन्ती डर भएतापनि सबैको कामना अस्पतालको कोशिस अनि भगवानमाथिको भरोसा संगालेको थिएँ । बुबाको चिन्ताले भतभती पोलिरहेको हजारौँ पटक रोएको मन मनभित्रै लुकाउनुपर्ने जीवनका केही क्षण यस्ता हुन्छन्, जहाँ आँसु लुकाउनै पर्दोरहेछ । अहिले भने किङकोब्राको टोकाइमा परेरपनि जिवित हुनु हाम्रो पनि लक हो भन्ने भान भइरहेको छ । घटनाको रेर्कडै खोज्ने हो भने विश्वको रेर्कडमा किङकोब्राले टोकेको घटना अनि टोकेको मानिस जोगिएको। विश्वमै बिरलै छ ।
राजेश गरिब भन्छन् “देउडी डाँडामा किङ कोब्राले टोकेको त्यो दिन केवल एउटा दुर्घटना भएतापनि नमिठो सपना थियो । मलाई बचाउने अभियानमा हेटौंडा अस्पतालमा कार्यरत डा. स्वास्थ्यकर्मी, कर्मचारीको कोशिस औषधिको मात्रा धेरै मानिसको माया, शुभकामना, प्रार्थना र भगवानको आशिर्वाद कै कारण मृत्युको धेरै नजिक पुगेर फेरि फर्किने अवसर पाएँ । भेटघाट गर्न र मेरो चिन्त गर्ने असंख्य व्यक्तीहरु हुनुहुन्छ । नम स्मरण गर्नै सकिन । त्यसैले अन्यथा नलिन आग्रह छ ।आज हरेक संकट पार गरेर जीवित छु । सयौं मानिसको माया र आशिर्वादको जीवनभर आभारी रहनेछु। ”
सर्पले टोक्दै गर्दा तिब्रगतिमा आएर छोरा रोशन दिपले सर्प तानेर फाल्नु सबै भन्दा ठुलो भाग्य । जसले गदौ धेरै विष पठाउने मौका सर्पले पाएन । त्यही समय भगवान बनेर ४ जना व्यक्तीहरुले तत्काल अस्पताल पुर्याइदिनु । हेटौंडा अस्पतालमै उपचार सम्भव धार्मिक मान्यता राख्ने हो भने भगवानकै बरदान भन्दा ठिक हुन्छ ।

सर्प उद्धारको अभियान समाजमा फैलिएको सर्पप्रतीको डर, भ्रम र अन्धविश्वासलाई चिर्ने सर्प शत्रु होइन, प्रकृतिको महत्वपूर्ण हिस्सा हो भन्ने सन्देश दिनु र मानिस र सर्पलाई बचाउने—यो दोहोरो जिम्मेवारी नै उनिहरुको मूल उद्देश्य रहेको छ । समाजमा केही व्यक्तीहरुले सर्प समात्ने मान्छे भन्ने लगायतका आलोचना जोखिमको डर आइरहेपनि पनि कुनै कुराले उनीहरूको मनोबल घटाएको छैन । हरेक कुराका चुनौतीले उनीहरूको संकल्पलाई अझ मजबुत बनाएको छ ।
राजेश गरिब र रोशन दीपका लागि यो काम कुनै पेशा होइन, जीवनको एक संकल्प र प्रतिज्ञा अनि प्रकृतिसँगको सहअस्तित्व कायमको अभियान नै हो भन्न सकिन्छ । संकल्प छ जहाँ सर्प छ, त्यहाँ सर्प र मानव दुबैको जीवन सुरक्षित हुनुपर्छ।




















प्रतिक्रिया दिनुहोस्