हटिया । पछिल्लो समयमा हेटौंडा उपमहानगरपालिका भित्र किङ कोब्रा (राजगोमन) निरन्तर भेटिन थालेको छ । विश्वकै सबैभन्दा लामो विषालु सर्प किङ कोब्रो (राजगोमन हेटौंडा भित्रको स्थानहरुमा भेटिन थालेको हो । १५ दिनकै अवधिमा हेटौंडामा मात्रै ३ पटक पत्रकार तथा सर्प उद्दारकर्ता राजेश गरिब र रोशन दीपले ३ पटक दुर्लभ मानिने किङ कोब्रोको उद्दार गरिससेका छन् । यद्यपी हेटौंडा भित्र पछिल्ला समयहरुमा किङ कोब्रा भेटिरहेको प्रष्ट बुझ्‌न सकिन्छ । सर्प उद्दारकर्ता राजेश गरिबका अनुसार १५ दिनको अवधीमा पहिले हेटौंडा–१६ हटिया रंगशाला नजिकको एक घरबाट, हेटौंडा–१९ बस्तीपुरको एक घरबाट र हेटौंडा–१७ हटियाबाट सकुशल उद्दार गर्न सफल भएका छन् । शुक्रबार हेटौंडा–१७ हटियास्थित सानो गंगटेको बरुण घिमिरेको घरबाट करिब ११ फिट लामो किङ कोब्रा सर्पको उद्दार गरेको सर्प उद्दारकर्ता राजेश गरिबले बताएका छन् । बरुण घिमिरेको घरमा बाटो क्रस गर्ने क्रममा सर्प आएर दिउँसो १२ बजेदेखि सर्प बसेपछि सर्प उद्दारकर्ता राजेश गरिबलाई फोन गरेर उद्दारका लागि बोलाइएको थियो ।

त्यसपछि उद्दारकर्ता राजेश गरिब उक्त स्थानमा पुगेर सर्पको सकुशल उद्दार गर्न सफल भएको बताए । एक वर्षको अवधीमा हेटौंडासहित अन्य आसपासका ठाउँहरुबाट ८ पटक किङ कोब्रोको सकुशल उद्दार गर्न सफल भएको उनले बताए । यस अघि पनि ३ महिना पहिले श्रावण १३ गते हेटौंडा–१६ बाट करिब १० फिट लामो किङ कोब्रोको उद्दार गर्न सफल भइसकेको उनले बताए । हेटौंडा–१६ का वडाध्यक्ष उद्व सत्यालको समेत उपस्थितिमा सबै स्थानीय वासिन्दाहरुको रोबरमा सुरक्षित रुपमा किङ कोब्रा छोड्न सफल भएको उनको भनाई छ । सेवाको भावनाले स्वयम सेवकको रुपमा मानिसबाट सर्पलाई र सर्पबाट मानिसलाई जोगाउन कार्यमा लागेकोमा खुशी व्यक्त गरेका छन् । सर्प वातावरणका लागि एकदमै महत्वपूर्ण हुने भएकोले यसको संरक्षण गर्न आवश्यक रहेको उनले बताए । उनले सबैलाई फेरि सबैलाई सर्प नमार्न आग्रह गर्दै कसैको घरमा सर्प आएमा आफूहरुलाई सम्पर्क गर्न सक्ने बताए । अन्य सर्पहरुको तुलनामा किङ कोब्रामा २० प्रतिशत बुद्धि हुन्छ । पोथी किङ कोब्रोले अण्डा पारेपछि गुँड बनाएर बच्चा निसक्ने नभए सम्म फरालले ओथ लगाएर बस्ने गरेको छ ।

सर्प उद्दारकर्ता गरिब र दीपले पहिलो पटक हेटौंडा–९ बाट, हेटौंडा –१० बाट, हेटौंडा–१६ बाट हेटौंडा–१९ बाट, मकवानपुरगढी र बागमती गाँउपलिका बाट सकुशल उद्दार गर्न सफल भएको बताए । त्यस्तैगरि हल्का विषालु सर्पहरुमा फ्रोस्टेन क्याट स्नेक, अर्नेट फ्रलाईङ्ग स्नेक, कमन क्याट स्नेक भेटिने गरेका छन् । विश्वकै सबै भन्दा ठुलो, लामो र विषालु मानिने सर्प किङ कोब्रा, ,सर्पको राजा राजगोवन र कालीनाग समेत भन्ने गरिन्छ । यसको वैज्ञनिक ओफियोफेगस हाना हो । ‘ओफियो’ को अर्थ सर्प र ‘फेगस’ को अर्थ खाने भन्ने हुन्छ — अर्थात् यो प्रजाति प्रायः अन्य सर्पहरूलाई नै खान्छ। यही कारण यसलाई “सर्पको राजा” भनिन्छ। यो सर्प औसतमा १८ फिट सम्म लामो हुन्छ। यसको टोकाइमा हुने न्युरोटक्सिक भेनम अत्यन्त घातक हुन्छ — एक पटकको टोकाइले करिब २१ जना मानिस वा एक हातीसम्म मर्ने भेनम विषको मात्रा हुन्छ ।विज्ञका अनुसार, किङ्ग कोब्रा बुद्धिमान र संवेदनशील सर्प हो

यो अनावश्यक रूपमा आक्रमण गर्दैन। मानव सम्पर्क नहोस् भन्ने प्रयासमा नै प्रायः जंगलतर्फ लाग्छ । जब यसको बासस्थानमा दखल पर्छ, त्यतिबेलामात्र यो आक्रामक बन्छ । उनीहरुले विषालु सर्पहरुमा किङगकोब्रा सर्पसंगै मोनोस्लेड कोब्रा, स्पेटिकल कोब्रा, बेन्डेड करेट, कोरल स्नेक, ग्रिन पिट भाइपर, रेडनेक किलव्याक सर्पको उद्दार गर्न सफल भएका छन् । यस्तै, हल्का विषालु सर्पहरुमा फ्रोस्टेन क्याट स्नेक, अर्नेट फ्रलाईङ्ग स्नेक, कमन क्याट स्नेक भेटिने गरेका छन् । त्यस्तैगरि अविषालु सर्पहरु कपर हेडेट ट्रिङ्केट, कमन ट्रिङ्केट, ट्वीन स्पोटेट, उल्फ् स्नेक, बफस्ट्रीप्ड किलव्याक, चेकर्ड किलव्याक स्नेक, र्याट स्नेक, ब्रोन्जव्याक ट्रि स्नेक भेटिएका छन् । सर्प विशेषज्ञहरुले गरेको खोज अनुसार विषेश गरि नेपालको दुई हजार मिटर को उचाइभेगसम्म पनि सर्प पाइन्छन् ।
किङ कोब्रा उद्दार गरेपछि खिचिएको सामूहिक तस्बीर ।
रातो समाचार संवाददाता
थप जानकारी