शिवम् सिमेन्ट लिमिटेडले चरिकोटमा निर्माणकार्य गरिरहेका ग्राहकसँग ग्राहक अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ। उक्त अन्तरक्रिया कार्यक्रममा ४० ग्राहकको उपस्थित रहेको कम्पनीले जनाएको छ।

कार्यक्रममा मालपोत कार्यालय प्रमुख, नापी विभाग निमित्त प्रमुख, भवन तथा पुनर्निमाण कार्यालयका इञ्जिनियर तथा मालपोत कार्यालयमा कार्यरत अमिन सहितको उपस्थिति रहेको थियो। कार्यक्रम मार्फत भवन निर्माण प्रक्रिया, निर्माण पूर्व ग्राहकले सम्बन्धित निकायबाट लिनुपर्ने सेवा सुविधा तथा निर्माण कार्यमा गुणस्तरीय निर्माण सामाग्रीको महत्व आदि विषयमा जानकारी गराइएको थियो।

निर्माण कार्य गरिरहेका ग्राहकलाई दक्ष एवम् अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माण कार्य गर्दा दिनहुँ आइपर्ने निर्माणसम्बन्धी समस्याहरूको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी जानकारी गराइएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो