रौतहट । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट आसन्न प्रतिनिधि सभा सदस्य पदका लागि रौतहट क्षेत्र नम्बर–३ बा उम्मेद्वार पुनम यादवले पुराना राजनीतिक शैलीमाथि कडा प्रहार गरेकी छिन् । प्रतिनिधि सभा सदस्य उम्मेद्वार पुनम यादवले जनतमाझ पुग्दै राजनीतिक शैलि माथि कडा प्रहार गरेकी हुन् । अब जनतालाई भाषण मात्र नभई भाषण अनुसारको परिणाम चाहिएको जानकारी गराइन् । “वर्षौंदेखि रौतहट–३ ले नारा मात्रै सुन्दै आएको र अब जनतालाई भाषण नभएर परिणाम चाहिएको उनले बताइन् ।
स्थानीयले सडक, नाला, रोजगारी, स्वास्थ्य सेवा र शिक्षा क्षेत्रमा अपेक्षाअनुसार सुधार नभएको गुनासो राखेपछि पुनम यादवले भनिन्, “जनताको धैर्य अब परीक्षा दिन तयार छैन । विकासको नाममा राजनीति गर्ने दिन सकिएको छ ।”उनले थपिन्, “जो वर्षौंदेखि अवसरमा बसे, अब जनतासँग हिसाब दिनुपर्ने समय आएको छ । रौतहट–३ अब केवल आश्वासनमा चल्दैन, काम देखाउने नेतृत्व चाहिन्छ ।”रौतहट–३ मा अब आश्वासनको राजनीति अन्त्य हुने उनले विश्वास दिलाइन् । वर्षौंदेखि अवसरमा बसेकाहरूले परिणाम दिन नसकेको आरोप लगाउँदै पुनम यादवले चुनौती दिएकी छिन्—“जनताको धैर्यलाई कमजोरी नठानियोस्, यसपटक निर्णय कडा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्