हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडाकै पहिलो रेडियो रेडियो मकवानपुरले सञ्चारिका समूह मकवानपुरलाई सेन्टरी प्याड सहयोग गरेको छ । रेडियो मकवानपुरको वार्षिकोत्सवको अवसरमा सञ्चालन भइरहेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आइतबार सञ्चारिका समूहलाई २ सय थान सेनेटरी प्याड सहयोग गरेको हो ।
रेडियो सञ्चालक समितिका अध्यक्ष आन्नदराम पराजुलीको सभाध्यक्षमा तथा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको सभाध्यक्षमा सहयोगको सामाग्री हस्तान्तरण गरेको थियो । महासंघका अध्यक्ष बालकृष्ण अधिकारीले सहयोगको सेनटरी प्याड सञ्चारिका समूहकी अध्यक्ष निशा गुरुङलाई हस्तान्तरण गरेका हुन् ।
अध्यक्ष अधिकारीले महिला पत्रकारहरुलाई प्याड वितरणको अभियान सञ्चालन गर्दै आईरहेको सञ्चारिका समुहलाई विशेष धन्यवाद व्यक्त गर्दै उनले सञ्चारिकाले रचनात्मक कार्यक्रम गर्दै आईरहेको सञ्चारिका समुहलाई पत्रकार महासंघ मकवानपुरले हरेक परिस्थतीमा सहयोग गर्न तयार भएको बताए ।
माघ १६ गतेदेखि रक्तदान कार्यक्रमको आयोजना गर्दै रेडियोले वार्षिकोत्सवको अवसरमा सप्ताहव्यारी कार्यक्रमको सुरुवात गरेको थियो । सप्ताहव्यापीको दोस्रो दिन हेटौंडा–१८,हर्नामाडीस्थित वेद विद्यालयमा खाद्यान्न सामाग्री सहयोग गरिएको रेडियोका स्टेशन म्यानेजर गणेश दर्पण अधिकारी जानकारी गराएका छन् । भोलि रेडियो परिसरमै निर्वाचन आचारसंहिता सम्बन्धी अन्तरसंवाद, मंगलबार मिडिया कप फुटसल प्रतियोगिता आयोजना गरिने छ । माघ २२ कार्यक्रमको समापन गरिने बताइएको छ ।
कार्यक्रममा सञ्चारिका समुह बागमती प्रदेशकी महासचिव नानीमाया सोपकोटा , रेडियो मकवानपुरका स्टेशन म्यानेजर गणेशदर्पण अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

















प्रतिक्रिया दिनुहोस्