हेटौंडा । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरीले बिजल बिजक भन्दा बढीको समान लोड गरेका ल्याएको ट्रकलाई नियन्त्रणमा लिएको छ । शुक्रबार राति १० बजेको समयमा इलाका प्रहरी कार्यालय सीमराबाट प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीको नेतृत्वमा खटिएको प्रहरी टोलीले जीतपूर सीमरा उपमहानगरपालिका वडा नम्बर–२ सिमरा चोकस्थित हाईवेमा वीरगंजबाट नारायणगढतर्फ जाँदै गरेको ना ४ ख ५६७२ नम्बरको डिब्बा ट्रकलाई रोकेर सुरक्षाजाँच गर्दा बिल बिजक भन्दा फरक भन्साल छलेर ल्याएको सामानसहित ट्रकलाई नियन्त्रणमा लिएको हो ।

बारा प्रहरीले ५२ लाख ७० हजार ९३ रुपैयाँ बराबरको कपडा, साईकल पार्टस, केमिकल, औषधी लगायत सामानहरु नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रियालाई अगाडि बढाएको बताइएको छ ।

रातो समाचार संवाददाता
थप जानकारी