हेटौंडा। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट मकवानपुर क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभा सदस्य पदको उम्मेद्वार बनेका लवशेर विष्टले पार्टीले आफ्नो भूमिकालाई बुझेर उम्मेद्वारी बनाएको बताएका छन् । निर्वाचन सुरु हुन अघिको मौन अवधिको पूर्व सन्ध्यामा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत उम्मेद्वार लवशेर विष्टले पार्टीले मकवानपुर-२ मा भूमिका उपयुक्त हुन भन्ने विश्वाससहित टिकट दिएको दाबी गरेका छन् ।
थाहा नगरपालिकाको नगर प्रमुख जिम्मेवारी सम्हाली सकेका उम्मेद्वार विष्टले पदमा ठूलो आकांक्ष नराखेको स्पष्ट पार्दै उनले भने-म एउटा आफ्नो पार्टीको जिम्मेवार कार्यकर्ता हुँ । पार्टीले एउटा जिम्मेवार कार्यकर्तालाई छानेर आगाडि बढाउने हो म त्यही अनुसार अगाडि बढेको हुँ । उम्मेद्वार हुनका लागि धेरै व्यक्तिको चहान अनुसार भरपर्नु पर्ने कुरा देखिने र आफूहरुले पनि त्यही मूल्याङ्कन गरेको उनको भनाई थियो । उम्मेद्वारको टिकट ल्याउदा एउटा लडाइको युद्ध जितेको सरहको हुने गरेको उनले बताए । यद्यपि उनले आफुले त्यो युद्ध लड्नु नपरेको दाबी गरे ।
आफूले पहिले पहिलो युद्ध लड्नु नपरेको दोस्रो चुनावको लडाइ र निर्वाचित भएपछि पार्दर्शीताको लडाइ लड्न बाँकी रहेको उनको धारणा थियो । आङ्कको गणना अनुसार ३० हजारको मतले चुनाव जित्ने उनको दावी छ । सबै २१ जना उम्मेद्वार जित्ने लक्षयले चुनावमा होमिएको उनको भनाई छ ।
थाहा नगरको प्रमुखको जिम्मेवारी सम्हाल्दा विभिन्न विकासको काम गरेकोले सबैले मन पराएको र आफ्नो जित पक्का भएको उनको दावी छ । उनले मौन अवधिको एक दिन पहिले आफ्नो प्रतिवद्दतापत्रा सार्वजानिक गर्दै वैधानिक गाँजा खेती, भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद लगायतका क्षेत्रलाई प्रथमिकतामा राखेर छन् ।


















प्रतिक्रिया दिनुहोस्