नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा रिक्त पदपूर्तिका निम्ति संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको अध्यक्षतामा बनाइएको सिफारिस समिति र सो समितिद्वारा फागुन ३ गते गरिएको नियुक्तिविरुद्ध नाट्यकर्मीहरूको एक समूह आन्दोलित भएको छ।
नाट्यकर्मी जीवन थापा क्षितिज संयोजक, किशोर अनुराग अधिकारी सहसंयोजक तथा वरिष्ठ नाट्यकर्मी विजय विस्फोट सल्लाहकारसहितको संयुक्त संघर्ष समिति बनाई संघर्षमा उत्रिएको हो।
राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरूले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा रिक्त पदपूर्तिका निम्ति संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको अध्यक्षतामा बनाइएको सिफारिस समिति र सो समितिद्वारा फागुन ३ गते गरिएको कुलपतिलगायत नियुक्ति र आवश्यक प्रक्रिया नपुगेको वा प्रचलित नेपालको संविधानविपरीत भएको दाबी गरेका छन्।
नागरिक न्युजबाट साभार छ ।























प्रतिक्रिया दिनुहोस्