गोदरेज एप्लायन्सेसको ब्रान्ड एम्बेसडरमा बलिउड स्टार आयुष्मान खुराना नियुक्त भएका छन्। एप्लायन्सेसले यही अप्रिलदेखि लागू हुने गरी ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो।

आफ्नो विविध अभिनयका लागि परिचित र राष्ट्रिय चलचित्र पुरस्कारसहित धेरै पुरस्कारहरूबाट सम्मानित अभिनेता यही अप्रिलदेखि गोदरेज ब्रान्डका विभिन्न अभियानहरूमा संलग्न हुने कम्पनीले जनाएको छ।

गोदरेज एप्लायन्सेसका बिजनेस हेड / कार्यकारी उपाध्यक्ष कमलनन्दीले खुरानाको नियुक्तिसँगै यो ब्राण्डलाई अझै उचाइमा पुर्‍याउन सहयोग पुग्ने जनाएको छ। गोदरेज एप्लायन्सेसमा रेफ्रिजिरेटर, एयर कन्डिसनर, वासिङमेसिन, डिसवासर, माइक्रोवेभ ओभन र एयरकुलर जस्ता थुप्रै उत्पादनहरू रहेका छन्।

एप्लायन्सेस क्षेत्रले आगामी महिनाहरूमा यस ब्राण्डको मागमा व्यापक वृद्धि हुने अनुमान गरिरहेको छ। कम्पनीले लगातार दुई ग्रीष्महरू महामारीबाट प्रभावित भएपछिको यो पहिलो ग्रीष्म हो जुन पूर्व महामारी अवस्थामा पूर्ण रूपमा फिर्ता हुने अपेक्षा गरिएको छ।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो