हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको वार्षिकोत्सव कार्यक्रममा सहभागी अतिथिहरु ।

हेटौंडा । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले दैनिक रुपमा करिब ४ करोड लिटर पानी उत्पादन गर्ने गरेको छ । बिहिबार हेटौंडा खानेपानी व्यवस्थान बोर्डको १२ औं वार्षिकोत्सवको कार्यक्रममा खानेपानी व्यवस्थापन बोर्डले हाल दैनिक रुपमा करिब ३ करोड ७० लाख लिटर पानी उत्पादन गर्ने गरेको कार्यकारी निर्देशक विष्णुप्रसाद सापकोटाले जानकारी दिएका छन् । खानेपानी व्यवस्थापन बोर्डले हेटौंडाको १९ वटा वडा मध्ये आंशिक क्षेत्रका १ लाख ६५ हजार नगरबासीहरुलाई २८ हजार ४ सय ६३ धारामार्फत ८ देखि ९ घण्टासम्म ३ करोड ७० लाख लिटर पानी उत्पादन गरेर वितरण गर्दै आइरहेको निर्देशक सापकोटाले बताए ।

बोर्डले १ करोड २० लाखको सरदरमा मासिक बिलिङ्ग र १ करोड १ लाखको मासिक पानी महशुल संकलन गर्ने गरेको बताए । कूल ७ हजार ४ सय ७० घनमिटरको भण्डारण क्षमता भएको बोर्डको कूल ६२८ किलोमिटरको पाइप लाइन रहेको छन् । खानेपानी व्यवस्थापनमा हाल ७९ जना कर्मचारीहरु कार्यरत अवस्थामा रहेका छन् । हेटौंडाको मुख्य बजार क्षेत्रमा भने २४ घण्टा पानी आपूर्ती गर्न सफल भएकोे बताए । उपमहानगरपालिका भित्रका बासिन्दाहरुलाई सहयोग पु¥याउने लक्ष्यले लिएर २०७९ सालमा १० हजार लिटर पानीको महशुल निःशुल्क गर्दै आएकोले १० हजार लिटरको मात्रामा खानेपानी उत्पादन गर्ने उपभोक्तहरु लाभान्तिव रहेका छन् । खानेपानी बोर्डमा हालसम्म १६ खानेपानी उपभोक्त समितिहरु हस्तान्तरण भइसकेको छ । उनले हेटौंडा–११, हेटौंडा–१२ र हेटौंडा–१३ मा स्थानीय समितिको मार्फत खानेपानी वितरण हुने गरेको बताए ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा ३ वटा, भीमफेदी गाउँपालिकामा ३ वटा र हेटौंडा–९,स्थित लामसुरेमा १ वटागरी ६ वटा सामवेल निर्माण कार्य खानेपानी बोर्डकै स्रोत मार्फत सम्पन्न गरेकोे बताए । उनका अनुसार संघीयखानेपानी तथा व्यवस्थापनको आयोजनामा, हेटौंडा उपमहानगरपालिका र खानेपानी व्यवस्थापन बोर्डको संयुक्त लगानीमा ४६ करोड स्रोत सुनिश्चताको लागि खानेपानी मन्त्रालयबाट अर्थमन्त्रालयमा प्रस्ताव पेश गरिएको थियो । उक्त प्रस्ताव अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा २५ करोडको स्रोत सुनिश्चतता भएको छ । हेटौंडाको नगर बासीहरु मार्फत चालू आर्थिक वर्षको बैशाख मसान्तसम्मा ९० लाख रुपैयाँको अग्रिम पानी महशुल आम्दानी भएको छ । वार्षिकोत्सवको असरमा विभिन्न क्षेत्रका व्यक्ति, कर्मचारी तथा ग्रहकहरुलाई सम्मान पनि गरिएको थियो ।

खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टको सभाध्यक्षमा तथा हेटौंडा उपहानगरपालिकाकी नगरप्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा वार्षिकोत्सव कार्यक्रमको उद्धाटन कार्यक्रम भएको हो । उद्धाटन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, मकवानपुर उद्योग वाणिजय संघका अध्यक्ष प्रमोद सिंह रानाभाट, हेटौंडा–११ की वडाध्यक्ष जुना दहाल लगायतको उपस्थित रहेको थियो ।