हेटौंडामा जारी पाँचौँ स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लवलाई ट्राइबेकरमा पराजित गर्दै एपिएफ क्लव प्रवेश गरेको छ ।
एपिएफले त्रिभुवन आर्मी क्लवलाई विहीबार भएको क्वाटरफाइनल खेलमा सडन डेथमा ४ २ गोल अन्तरले पराजित ग¥यो ।
निर्धारित ९० मिनेटको समयमा गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । ट्राइबेकरमा एफिएफका गोल रक्षक राजु नगरकोटीले आर्मीका नवयुग श्रेष्ठ र दीपक गुरुङको बल रोक्न सफल भए । टेक बुढाथोकी र विकास खवासले आर्मीको तर्फबाट गोल गर्न सफल भए ।
नवीन लामा, सुदीप शिखाकार, सनिश श्रेष्ठ र दिपेश धिमालले यता एपिएफको तर्फबाट गोल गरेका थिए । एपिएफको गोल रक्षक नगरकोटी प्रतियोगितामा म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
जारी प्रतियोगितामा भोली शुक्रबार मनाङ मस्याङ्दी क्लव र मकवानपुर ११ बीच खेल हुनेछ । यही फागुन १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
सर्वोत्कृष्ट खेलाडीलाई रोयल इन्फिल्ड बुलेट बाइकको व्यवस्था गरिएको छ भने विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजना एवम् मकवानपुरका स्थानीय तह तथा अन्य विभिन्न सहयोगी संस्थाहरुको सहयोगमा प्रतियोगिता सञ्चालन भईरहेको छ ।
























प्रतिक्रिया दिनुहोस्