राजिव परियार- बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरूले चुनाव केन्द्रित कार्यक्रमलाई तीव्रता दिएका छन् ।
राजनितिमा रहेका व्यक्तीहरुले पदका लागि आफ्ना योजना सुनाउदै उम्मेदवारी दिएका छन् भने आफुले गर्ने कार्य योजना अघि समेत सारेका छन् ।

यसैक्रममा नेकपा एमालेको तर्फबाट भिमफेदी गाउँपालिका वडा नम्बर ६ को वडाध्यक्षमा सिताराम थापाले उम्मेदवारी दिएका छन् ।

जनताले खोजेको, रोजेको र विश्वास गरेको पार्टी एमाले को तर्फबाट ५ दललिय गठबन्धन गर्दा पनि आफुले सहजै चुनाव जितिने उल्लेख गर्दै उम्मेदवारी दिएको बताए ।

शिक्षा स्वास्थ रोजगारी र पर्यटकिय पालिका सिर्जना गर्न र वडा लाई समृद्ध बनाउन उम्मेदवारी दिएको उनको भनाई छ ।

२०७४ साल को निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएर जनताको चित्त बुझ्नेगरि र काम गरेकै कारण पनताकै चाहानामा फेरीपनि जनतकै काम गर्न उम्मेदवारी दिएको बताएका हुन् ।

(यसै विषयमा राजिव परियारले गर्नुभएको कुराकानी )

फेरीपनि भिमफेदी गाउँपालिका वडा नम्बर ६ को वडाध्यक्षमा तँपाईँको उम्मेदवारी किन ?
२०७४ साल को निर्वाचन मा हामीले धेरै काम गरेका छौँ । अझैवडामा रहेको समस्याहरु समाधान गर्ने र शिक्षा, स्वास्थ, खेलकुदको बिकासगर्ने, युवावर्गमा रोजगारी सिर्जना गर्न र वडा लाई समृद्ध बनाउन मेरो उम्मेद्बारी हो ।

यसपालीपनि निर्वाचित हुनुभएमा पहिलो प्राथमिक के मा रहने छ ?
जन पूतिनिधि भएपछि धेरै काम गरेका छौँ । तर, पनि केही बजेट अभाव को कारणले र केही समयको अभावले गर्न नसकेका अधुरो कामहरु छन् ।   अबको कार्यकालमा योजनालाई सम्पन्न गर्न आघि बढ्छौँ ।
बजेट अभावलाई आवाश्यक बजेट बिनियोजन गराई जनताको लागि अति आवश्यक योजना अघि सारेर कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य क्षेत्रमा सहज सृजना गरि वडाबासीलाई रोजगार सिर्जना गर्न अगाडी बढ्ने छौँ ।

निर्वाचित भएमा तपाईं ले गर्ने काम के के हुने छ ?

शिक्षामा भौतिक पुर्वाधारमा विद्यालयमा शैक्षिक सामाग्रीहरुको व्यवस्थापनमा पहल गर्ने बालबालिकाहरुलाई शिक्षा प्राप्त गर्न दैनिक रूपमा बिद्यालय जान पाउने वातावरण सिर्जना गर्न र शैक्षिक गुणस्तरको पहुँच गराउने योजना छ ।
स्वास्थ्यमा पृथ्वी चन्द्र हस्पिटल निर्माणकार्य सिर्घ सम्पन्न गराई संघिय सरकार बाट हुने कार्यक्रम लाई प्रभावकारी ढङ्गले सेवा पाउने बनाउन बिषे जोड रहने छ । स्वास्थ शिविरहरु संचालन गरि सबैले निःशुल्क उपचार पाउने व्यवस्था गर्न र बालबालिका हरुको लागि खोप सेवा संचालनलाई नियमित र प्रभावकारी बनाउने योजना पनि छ ।
स्वास्थको लागि खेलकुद भन्ने नारालाई मध्यनजर गर्दै निर्माणाधीन रंगशाला लाई सम्पन्न गर्न र बिभिन्न खेलकुदको बिकास गर्न कार्यक्रम आयोजना गरि खेलाडीहरु लाई खेल सामग्री उपलब्ध गराउने पनि योजना छ ।

भौतिक पुर्वाधार पर्यटन क्षेत्रमा हात्तीसार, चिसापानीगाढी, वडाभित्र रहेको विभिन्न सबै धर्म का धार्मिक स्थलहरु निर्माण गरि संरक्षण गरि वडास्तरीय सडकहरु को स्तरिकारण गरि प्रत्यक घर घरमा स्वास्थ, खानेपानी उपलब्ध गराउँने योजना छ।

कृषिका लागि खेतीयोग्य जमिनमा उत्पादकालागि सहज बातवरण सिचाइ को व्यवस्था गर्न कृषि तालीम हरुको व्यवस्था कृषि यन्त्र उपकरण हरु अनुदान को व्यवस्था मल ,बियु ,आवश्यक कृषि सामग्री को समयमै उपलब्ध गराउने योजना अघि सार्ने योजना छ ।

तँपाईँको वडामा बालबालिकाको शिक्षा र सबैको स्वास्थयको के अवस्था छ त?
बालबालिकाको शिक्षामा हलसम्म समस्या आएको छैन । हामीसंग अहिले प्राबिधिक शिक्षलय कारण यहाँ को शिक्षा राम्रो नै छ र हामीले वडामा जहाँ बालबालिका त्यहा शिक्षा भने अभियानका साथ गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहका छौँ । यसलाई पनि अझै प्रभावकारी बनउने पहलमा अघि बढ्छु ।

बाल बिबाहाको समस्या छकी छैन ? तँपाई अध्यक्षमा निर्वाचित भएमा कसरी परिवर्तन गर्न सक्नुहुन्छ ?

बालविवाह भनेको जटिल समस्या छ । रोक्नकालागि पलिका देखि विभिन्न सरोकारवाला निकासंग समन्वय गरेरे हामी नियन्त्रण गर्न काम गरेका छौँ ।

निर्वाचित हुन्छु भन्ने ढुक्कको आधार र तँपाईलाई जिताएमा काम गर्नुहुन्छ भन्ने बिश्वासको आधार के छ ?

२०७४ सालमा पनि जनताले निर्वाचित गराएर आएपछि हामीले व्यक्तिगत कुराहरु थाती राखेर जनताकै सेवा मा ५ बर्ष बिताएका छौं । निर्वाचनपछी कहिले पनि जनता लाई निराश नराखी काम गरेका छौँ । हामीलाई यहाँका जनताको समस्या हरु के के हो भन्ने थाहा छ । समस्याको समाधान गर्ननै फेरी पनि उम्मेदवारी हो । हाम्रो गौरवशाली पार्टी नेकपा एमाले हो र जनताले विश्वास गर्नुहुन्छ भन्नेकुरामा विश्वास पनि छ ।