हेटौँडाबाट पुर्वी भेगमा पर्ने मकवानपुरको बकैया गाँउपालिकाको सिमानामा पर्ने फास्ट ट्र्याक हुदै जाने सडक खण्डमा करिब १ हजार २ सय मिटर सडक स्ल्याब ढलान भएको छ।

हेटौँडा उपमहानगर समाप्त भएपछि ओरालो सुरु भएसंगै बकैयाको सिमानामा  पर्ने करिब  १ हजार २ सय मिटर सडक खण्डमा निकै कठिन यात्राको सामाना गर्नुपर्ने थियो।

बकैया गाउँपालिकाले सडक बिस्तार र निमार्ण कार्यालाई तिब्रता दिएपनि काठमाडौं–तराई द्रुतमार्गको बकैया गाउँपालिकासंग जोडिएको फास्ट ट्र्याककै कारण १ हजार २ सय मिटर सडक निमार्णको अत्तोपत्तो थिएन।

निर्माणको जिम्मेवारीको बहनमा कोही नआएपछिमा  गाउँपालिकाका अध्यक्ष दामोदर खनालको पहलमा स्ल्याब ढलान भएपछि आवात जावत गर्नेहरुलाई सहज भएको छ ।

गाउँपालिकाका स्थानीयहरु देखि यात्रा गर्नेहरुले आवात जावतमा परेको कठिन सुनाईरहेको अवस्थामा आफुले पहल गरेरपछि सडकलाई ५ मिटर चौडा बनाई स्ल्याब ढलान गराउन सफल भइएको बताए ।

सो सडकमा ओरालोको जोखिम संगै यात्रामा पानी परेमा हिलाम्मे भएर कठिन हुने र पानी नपरेको समयमा माटो र धुलोले सवारी साधान चलाउनै कठिन परेको दुख अन्त्य भएको  भन्दै स्थानियहरु देखि बिभिन्न व्यक्तीहरुले खुसी व्यक्त गरेका छन् ।

 

फास्ट ट्र्याकको भर नपरी कसरी गरियो त स्ल्याब ढलान भनि गाँउपालिका अध्यक्ष दामोदर खनाल संग गरिएको छोटो कुराकानी ।।