बागमती प्रदेशको राजधानी हेटौंडा१० मा रहेको तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालयले चलाएको बिमा अभियान अन्तरगर्तको रकम हस्तान्तरण गरेको छ ।
बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुका लागि भइपरि आउने घटनामा केही राहत पुग्ने गरि थालेको अभिभावक र बिद्यालयको तर्फबाट संयुक्त गरेको बिमा अन्तरगर्त ४ जना बिद्यार्थीहरुको उपचारमा लागेको रकम बिमा मार्फत शुक्रबार बिद्यार्थीहरुको अभिभावकहरुलाई हस्तान्तरण गरिएको हो ।
तुलसी मेहरमा अध्यन गरिरहेका बिद्यार्थीहरुको अभिभावक संग समन्वय गरेर बिद्यालयको तर्फबाट १७५ रुपैया र अभिभावकको तर्फबाट २०० रुपैया गरेर ३७५ रुपैयाको हेटौंडा – ४ मा अवस्थित युनाइटेड अजोड इन्सोरेन्समा गरिएको प्रिन्सीपल रघुनाथ खरालले बताए ।
सोही क्रममा असिन श्रेष्ठ १ लाख, साइना सिजाली मगर ७,८००। रियान्स भुजेल भुजेल५,५००। माहिर तामाङ, ४८००। को चेक हस्तान्तरण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्